उपचाररत अभिनेत्री निशाको परिवारलाई कलाकारले बढाए सहयोगी हात

हाल नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री तथा मोडल निशा घिमिरेको परिवारलाई विभिन्न कलाकर्मीले आर्थिक सहयोग गरेका छन् । ‘कलाकारलाई कलाकारको साथ’ भन्ने नारासहित करिब आधा दर्जन कलाकर्मीले अभिनेत्री घिमिरेका पिता प्रेम प्रसाद घिमिरेलाई रकम सहयोग गरेका छन् ।

नेपाल चलचित्र कलाकार संघको समन्वयमा शनिबार संघका वरिष्ठ उपाध्यक्ष रेजिना उप्रेती, संघका प्रवक्ता तथा उपाध्यक्ष मोहन निरौला, निर्देशक तथा सञ्चारकर्मी सम्झना उप्रेती रौनियार, वरिष्ठ फोटो पत्रकार विकास रौनियार र स्थानीय रत्न तामाङको उपस्थितिमा अभिनेत्री करिश्मा मानन्धरले २५ हजार, ,अभिनेत्री रेजिना उप्रेतीले नगद दश हजार, हाल अमेरिकामा रहेकी अभिनेत्री उषा पौडेलले पठाउनुभएको २२ हजार तथा अमेरिकामा रहेका प्रकाश थापाले पठाएको दश हजार गरेर ६७ हजार अभिनेत्री निशाका पिता प्रेमप्रसाद घिमिरेलाई प्रदान गरिएको हो ।

यसैबीच कलाकार संघले एक प्रेस विज्ञप्ति जारी गर्दै कलाकारको अवस्थालाई मनन गरेर निशुल्क उपचारको व्यबस्था गरिदिएकोमा नर्भिक अस्पताल बिशेष गरी साहित्यकार, समाजसेवी तथा नर्भिक अस्पतालका संस्थापक वसन्त चौधरी र निर्देशक मेघा चौधरीप्रति आभार व्यक्त गर्दै धन्यबाद समेत दिएको छ ।

‘संघ सदैव कलाकारको साथमा छ र हुन्छ पनि’ संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संघका अध्यक्ष रविन्द्र खड्काको नेतृत्वमा सहयोग अभियान सञ्चालन गरिएको पनि हामी जानकारी गराउँदछौं ।’ संघले सबैको साथ, सहयोग र शुभेच्छाले अभिनेत्री निशा घिमिरेको स्वास्थ्यमा छिट्टै सुधार आउने अपेक्षा समेत गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

उपचाररत अभिनेत्री निशाको परिवारलाई कलाकारले बढाए सहयोगी हात

कर्णाली प्रदेशमा प्रत्येक सांसदलाई २५ करोड बजेट

उपचाररत अभिनेत्री निशाको परिवारलाई कलाकारले बढाए सहयोगी हात

मृत भेटिइन् एडल्ट स्टार डकोटा, फोटो सुटका

Leave a comment

Your email address will not be published. Required fields are marked *