कर्णालीका मुख्यमन्त्रीलाई बजेटमा आफ्ना कार्यक्रम पार्न एमालेको १९ बुँदे माग

सुर्खेत । नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग बजेटमा आफूहरुको कार्यक्रम समेट्न माग गरेको छ ।

आर्थिक वर्ष २०७८/२०७९ का लागि प्रदेशसभामा बजेट प्रस्तुत हुने पूर्वसन्ध्यामा एमालेले मुख्यमन्त्रीसँग विभिन्न १९ वटा बुँदामा आफ्नो कार्यक्रम पार्न माग गरेको हो । आइतबार एमाले संसदीय दलका नेता यामलाल कँडेको नेतृत्वमा मुख्यमन्त्री कार्यालय पुगेर मागपत्र पेश गरिएको हो ।

एमालेले प्रदेश रंगशाला निर्माणदेखि कोरोना महामारी नियन्त्रणका लागि बजेट विनियोजन गर्न माग गरेको छ । एमालेको मागलाई सकेसम्म सम्बोधन गर्ने मुख्यमन्त्री शाहीले आश्वासन दिएका छन् ।

के छन् एमालेले मागेका कार्यक्रम ?

एमालेले दशौंं राष्ट्रिय खेलकुदलाई मध्यनजर गरी प्रदेश रंगशाला निर्माणका लागि न्यूनतम ५० करोड, लोकप्रिय जनता सडक कार्यक्रमलाई निरन्तरता दिइ प्रतिनिर्वाचन क्षेत्र १० करोड रुपैयाँ बजेट विनियोजन गर्नुपर्ने माग गरेको छ ।

त्यस्तै, सुर्खेत मुलपानी, तेलपानी, र बर्दिया भुरीगाउ सडकको मुलपानी रानीघाट खण्डको लागि कम्तीमा १० करोड, सुर्खेत उपत्यका चक्रपथ निर्माणका लागि २० करोड, निर्वाचन क्षेत्रमा आयआर्जन कार्यक्रमका लागि ५ करोड, औपचारिक संरचना निर्माण गरी प्रदेशमा उल्लेख्य संख्यामा रहेका दलित समुदायको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि ५० करोड रुपैयाँ विनियोजन गनुपर्ने एमालेको माग छ ।

त्यस्तै एमालेले मागेका थप कार्यक्रम यस्ता छन्–

– प्रदेश अस्पतालको पूर्वाधार निर्माण तथा आवश्यक उपकरण यवस्थापनका लागि २५ करोड
– प्रदेश स्तरीय प्रयोगशालाको पूूर्वाधार निर्माण तथा आवश्यक उपकरण ब्यवस्थापनका लागि १५ करोड
– कोभिड लगायतका महामारी नियन्त्रणका लागि १० वटा जिल्ला अस्पताल तथा २७ वटा रणनीतिक अस्पतालहरुको पूर्वाधार विकास तथा आवश्यक उपकरण ब्यवस्थापनका लागि प्रति अस्पताल न्यूनतम ३ करोड
– सुर्खेत उपत्यकाको डुबान समस्यालाई समाधान गर्न निकासदेखि ईत्राम खोला र खोर्के खोलामा तटवन्ध निर्माणका लागि १० करोड
– प्रदेशले छनोट गरेका १०० पर्यटकीय गन्तव्यको एकीकृत योजना बनाई बजेट व्यवस्था गर्नुपर्ने
– राराको पूर्वाधार विकासका लागि ३ करोड, बुलबुले उद्यानको विकासका लागि २ करोड तथा लिमि भ्याली एकीकृत पर्यटकीय विकासका लागि ३ करोड

यसलगायत एमालेले प्रदेशका विभिन्न क्षेत्रका लागि बजेट माग गरेको छ ।

कर्णालीका मुख्यमन्त्रीलाई बजेटमा आफ्ना कार्यक्रम पार्न एमालेको १९ बुँदे माग

अस्पतालहरुलाई अक्सिजन कन्सन्टे्रटर सहयोग

कर्णालीका मुख्यमन्त्रीलाई बजेटमा आफ्ना कार्यक्रम पार्न एमालेको १९ बुँदे माग

राउटे युवतीमाथि हिंसा गर्नेलाई कडा कारवाहीको माग

Leave a comment

Your email address will not be published. Required fields are marked *