अमेरिकी राजदूत र्यान्डी बेरीले चंगा उडाएर साटे दशैँको खुसी
काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले सहकर्मीमाझ दशैँको शुभकामना दिएका छन्। उनले नेपालस्थित अमेरिकी दूतावासमा चंगा समेत उडाएका छन्।
बेरीले चंगा उडाएर दशैँ मनाएका तस्बिरहरू सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन्। नेपाली तथा अमेरिकी सहकर्मी र बालबालिकाका साथमा उनले रमाइलो गरेका छन् । सबैलाई दशैँको शुभकामना दिँदै राजदूत बेरीले आफूहरूले धेरै रमाइलो गरेको बताएका छन्।






