अभिनेता दिलीपकुमार अस्पतालबाट डिस्चार्ज

बलिउडका दिग्गज अभिनेता दिलीपकुमार अस्पतालबाट डिस्चार्ज भएका छन् । फैजल फारुकीले सामाजिक सञ्जालबाट दिलीपकुमार अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएकी हुन् । उनले लेखेकी छन्– ‘तपाईंहरुको प्रेम, स्नेह र प्रार्थनाले दिलीप साहब अस्पतालबाट घर फर्किएका छन् ।’

दिलीप कुमारलाई गत आइतबार स्वासप्रस्वासमा समस्या देखिए पछि हिन्दुजा अस्पताल भर्ना गरिएको थियो । गत महिना पनि दिलीपकुमार अस्पताल भर्ना भएका थिए । सो समय पनि उनलाई सास फेर्न गाह्रो भएको बताइएको थियो ।

अभिनेता दिलीप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान हो । उनले ‘ज्वार भाटा’, ‘अन्दाज’, ‘आन’, ‘देवदास’, ‘आजाद’, ‘मुगल ए आजाद’, ‘गंगा जमुना’, ‘क्रान्ति’, ‘कर्मा’ र ‘सौदागर’ जस्ता ५० भन्दा बढी बलिउड फिल्ममा काम गरेकी छन् ।

उत्कृष्ट अभिनयका कारण उनलाई फिल्म फेयर अवार्डमा ८ पटक बेष्ट अभिनेताको सम्मान मिलेको छ । हिन्दी फिल्मको सबैभन्दा ठुलो सम्मान ‘दादा साहेब फाल्के अवार्ड’ समेत पाएका उनलाई भारत सरकारले २०१५ मा पद्य भुषण पनि दिइएको थियो

अभिनेता दिलीपकुमार अस्पतालबाट डिस्चार्ज

देशप्रेम गीत ‘यो शिर झुकेको छैन’ सार्वजनिक

अभिनेता दिलीपकुमार अस्पतालबाट डिस्चार्ज

लण्डनको चर्चित रियालिटी शो ‘सिक्रेट क्रस’ मा

Leave a comment

Your email address will not be published. Required fields are marked *