दुई लाख रुपैयाँसहित १३ जना जुवाडे पक्राउ

दाङ । घोराही उपमहानगरपालिका–९ दुबीचौरबाट दुई लाख सात हजार ३०५ रुपैयाँसहित १३ जनालाई प्रहरीले जुवातास खेलिरहेको अवस्थाबाट नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई श्यामलाल चौधरीको घरमा शनिबार राति १ बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

पक्राउ पर्नेमा घोराही–९ का ५५ वर्षीय दुर्गाबहादुर घर्ती, ४१ वर्षीय पुष्कर केसी, ५५ वर्षीय होमबहादुर केसी, ५८ वर्षीय मनवीर चौधरी, ५८ वर्षीय चिल्लु चौधरी, ३१ वर्षीय कालीचरण चौधरी, ४१ वर्षीय कमल चौधरी र ५४ वर्षीय गिरबहादुर कामी रहेको डिएसपी रिजालले जनाकारी दिए ।

यस्तै, सोही ठाउँका ४९ वर्षीय कुमार केसी, ३३ वर्षीय गोविन्द डिसी, २५ वर्षीय कर्णबहादुर विश्वकर्मा, २० वर्षीय सन्दिप चौधरी र ३४ वर्षीय विष्णु चौधरी रहेका छन् ।

उनीहरुको साथबाट दुई गड्डी तास पनि बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जुवासम्बन्धी कानुनी व्यवस्थाअनुसार मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को उपदफा ६ बमोजिम पहिलो पटकलाई ३ महिनासम्म कैद वा ३० हजार जरिवाना र दोस्रो पटकलाई एक वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *