हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु

हात्तीको आक्रमणबाट एक पुरूषके मृत्यु भएको छ । मृत्यु हुनेमा गेरुवास्थित कर्णाली नदी किनारा खैरी बस्ने ३५ वर्षीय बेचन दहित रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।

राजापुर नगरपालिका–१० कोठियाघाटबाट एक किलोमिटर टाढा रहेको बाटोमा दहितलाई शनिबार राति घर फर्किँदै गर्दा हात्तीले आक्रमण गरेको हे । उनको शव आज बिहान फेला परेको उपरीक्षक शाहीले जानकारी दिए ।





