चन्दननाथ, भैरवनाथ गुठी जग्गा अतिक्रमणकारीको नाम सार्वजनिक

जुम्ला । कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरवनाथ गुठी व्यवस्था समितिले मन्दिरको जग्गा अतिक्रमण गर्नेहरूको नाम सार्वजनिक गरेको छ ।

गुठी समितिका उपाध्यक्ष कालीबहादुर थापाको संयोजकत्वमा बनेको उपसमितिले २७ जेठ २०७१ मा गुठी समितिलाई जग्गा अतिक्रमण गरिएकोबारे प्रतिवेदन पेस गरेको थियो ।

गुठी समितिको बैठकले चन्दननाथ, भैरवनाथ गुठीको नाममा नापचाँज भएको जग्गामा आफूखुसी अतिक्रमण गरी घरटहरा, शौचालय आदि निर्माण गरेकाले साता दिनभित्र मन्दिरको जग्गा खाली गरिदिन अल्टिमेटम दिएको छ ।

तोकिएको समयभित्र घरजग्गा खाली नगरे कानुनबमोजिम अघि बढ्ने चेतावनी दिइएको छ । समितिले मन्दिरको जग्गा अतिक्रमण गर्ने व्यक्तिको नामसमेत सार्वजनिक गरेको छ । पटक–पटक समितिले ताकेता लगाउँदा अटेर गरेकाले अन्तिम पटक आग्रह गरिएको गुठी समिति उपाध्यक्ष रत्नचन्द्र उपाध्यायले जानकारी दिए ।

जग्गा अतिक्रमण गर्नेहरूमा चन्दननाथ नगरपालिकाको कार्यालय जुम्ला, सोही नगरपालिका वडा नम्बर ५ का तिला सुनार, दत्त सुनार, दतु सुनार, वसुन्धारा श्रेष्ठ, रुपा भण्डारी, लाटी सुनार, राजु सुनार र चक्रबहादुर महत रहेका छन् ।

त्यसैगरी अम्बिका शाही, पारसमणि महत, वीर्षबहादुर स्वाँर, पदमबहादुर खत्री, नवराज गिरी, प्रभा शाही, गंगा भण्डारी, पोष्टबहादुर भण्डारी, जनक खाँण, सूर्य दमाई, सुन्दरी दमाई, बर्म गिरी र मुनिराम महतारा रहेका छन् ।

गुठीको जग्गा अतिक्रमण गरी अधिकांश स्थानीयले टहरा निर्माणदेखि शौचालय, घरबारी, घर निर्माण गरेका छन् । गुठीको जग्गा अतिक्रमण गरी चन्दननाथ नगरपालिकाले सार्वजनिक शौचालय निर्माण गरेको छ ।

चन्दननाथ, भैरवनाथ गुठी जग्गा अतिक्रमणकारीको नाम सार्वजनिक

प्रचण्डले छुट्टाछुट्टै भेटे माधव नेपाल र देउवासँग

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!