प्रचण्डले छुट्टाछुट्टै भेटे माधव नेपाल र देउवासँग

काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधानको नजिक पुग्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दौडधूप बढेको छ ।

एमाले एकता भएपछि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमनको लागि बनेको गठबन्धन धर्मराउने संकेत देखिएपछि प्रचण्ड सक्रिय भएका हुन् ।

प्रचण्डले आजै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरे लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा पुगेका छन्। नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका प्रचण्ड देउवा निवासमा पुगे ।

देउवालाई प्रधानमन्त्री बनाउन नेता नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गरेका छन् । ओलीले पार्टी एकताकाे लागि देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान राखेका छन् । तर, नेता नेपाल लोकतन्त्र र संविधानको रक्षाको लागि हस्ताक्षर गरेको दाबी गर्दै फिर्ता नलिने पक्षमा छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!