माधव पक्षका नेताहरु सिंहदरबारबाट बाहिर हुँदा कार्यदलको बैठक बस्न ढिलाइ

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सुरु हुन ढिलाइ भएको छ । दिउँसो साढे २ बजे बस्ने भनिएको बैठक ४ बजिसक्दा पनि सुरु हुन नसकेको हो ।

कार्यदलमा रहेका नेताहरुको आउजाउ चलिरहेकै भएपनि बैठक भने सुरु हुन नसकेको हो । यसैबीच कार्यदलमा रहेका माधव नेपाल पक्षका नेताहरु सिंहदरबारबाट बाहिरिएका छन् । नेपाल पक्षीय कार्यदलका संयोजक भीम रावलसहितका नेताहरु सिंहदरबारबाट बाहिरिएका हुन् ।

यसअघि शुक्रबार बसेको कार्यदलको बैठकमा सहमति जुटेको र आज औपचारिक घोषणा हुने नेताहरुले दावी गरेका थिए । शुक्रबार झण्डै ८ घण्टा सिंहदरबारमा बसेको कार्यदलको बैठकले विवाद निम्त्याएका एजेण्डामा सहमति जुटाएको नेताहरुको थियो ।

कार्यदलका सदस्य एवम् एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार भाषिक शुद्धता लगायतका विषयलाई पूर्णता दिएर टुङ्ग्याउने जानकारी दिएका थिए । त्यस्तै कार्यदल सदस्य गोकर्ण विष्टले पनि लामो छलफलपछि सहमतिमा पुगेको बताएका थिए ।

माधव पक्षका नेताहरु सिंहदरबारबाट बाहिर हुँदा कार्यदलको बैठक बस्न ढिलाइ

मेलम्चीमा प्रधानमन्त्री आए, ५० हजारको आश्वासन दिएर

माधव पक्षका नेताहरु सिंहदरबारबाट बाहिर हुँदा कार्यदलको बैठक बस्न ढिलाइ

प्रचण्डले छुट्टाछुट्टै भेटे माधव नेपाल र देउवासँग

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!