मेलम्चीमा प्रधानमन्त्री आए, ५० हजारको आश्वासन दिएर फर्किए

सिन्धुपाल्चोक/ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हेलम्बु र मेलम्ची बाढी पीडितलाई अस्थायी आवासको लागि ५० हजार उपलब्ध गराउने घोषणा गरेका छन्।

पहिरोस्थलको निरीक्षण गर्दै तत्काल अस्थायी आवासका लागि १५ सय बण्डल जस्ता र प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन्।

बाढी प्रभावित क्षेत्र मेलम्ची बजार र हेलम्बुको निरीक्षण गर्न शनिबार सिन्धुपाल्चोक प्रधानमन्त्री ओली पुगेका थिए।

यही असार १ गते आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाका साथै सिन्धुपाल्चोकका मेलम्ची, हेलम्बुलगायत विभिन्न ठाउँमा क्षति पुर्‍याएको थियो।

मेलम्चीमा प्रधानमन्त्री आए, ५० हजारको आश्वासन दिएर फर्किए

खुसीले खुवाइन् अन्य स्टारकिडलाई माथ, सामाजिक सञ्जालमा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!