२०८३ जेष्ठ ३० गते
×

Now Playing

विहारमा मृत्यु संख्या अद्यावधिक गरेपछि देखियो मृत्युको नयाँ रेकर्ड

एजेन्सी । भारतमा कोरोनाका संक्रमितको संख्या घट्दै गएको छ। तर, तर बढ्दो मृत्युको चिन्ताको कारण बनेको छ। बुधबार मात्र भारतमा ९३ हजार २८२ नयाँ संक्रमण फेला परे। जसमा ६ हजार १३८ मानिसको ज्यान गएको छ।

यो संक्रमित संख्याले ज्यान गुमाउने सबैभन्दा ठूलो आँकडा हो। यसअघि मे १८ मे मा ४ हजार ५२९ मानिस संक्रमणका कारण ज्यान गुमाए । अघिल्लो दिनमा विहारमा कोरोनाले गर्दा हुने मृत्युको तथ्यांकलाई अद्यावधिक गर्नु नै मृत्युको संख्या भएको अभिलेख वृद्धि हुनुको कारण रहेको बताइएको छ।

जुन ६ सम्म राज्यमा जम्मा हुने मृत्युको संख्या ५ हजार ४५८ रहेको बताइएको थियो। अहिले बढाएर ९ हजार ४२९ पुर्‍याइएको छ। स्वास्थ्य विभागका अनुसार अघिल्लो दिनमा मृत्यु हुनेको संख्यामा ३ हजार ९५१ जना थप गरिएको छ।

स्वास्थ्य अधिकार भन्छन्, ‘ धेरै मानिसहरू घरमा आइसोलेसनमा बस्नेले ज्यान गुमाए। कसैलाई अस्पताल पुर्‍याउँदै गर्दा बाटोमा बिते। धेरैजना कोरोनाबाट निको भई फर्किएपछि बिते।’ यस कारणले गर्दा विहारमा मर्नेहरूको संख्यामा ७२ प्रतिशत ले वृद्धि भएको अधिकारीले बताएका छन् ।

विहारमा मृत्यु संख्या अद्यावधिक गरेपछि देखियो मृत्युको नयाँ रेकर्ड

पत्नीलाई मन्त्री बनाएर बादललाई ओलीको सान्त्वना !

विहारमा मृत्यु संख्या अद्यावधिक गरेपछि देखियो मृत्युको नयाँ रेकर्ड

किन खुम्चिन्छ काँग्रेस ?

Leave a comment

Your email address will not be published. Required fields are marked *