जब प्रियंकाले पहेँलो सारी लगाएको तस्बिर सार्वजनिक भयो…

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले छिट्टै आफ्नो पहिलो सन्तान जन्माउदैछिन् । सन्तानको आगमनपश्चात् आफ्नो जीवन सदाका लागि परिवर्तन हुने उनले बताउँदै आएकी छन् ।
गर्भअवस्था उत्सवको रुपमा मनाउनुपर्ने उनको धारण रहँदै आएको छ । पछिल्लो समय उनी सामाजिक सञ्जालमा बेबी–बम्पवाला तस्बिरका कारण बारम्बार चर्चामा छाएकी छन् ।
हातमा गिलास लिएर गर्भवती भुँडीमा जुस पिलाएको तस्बिरदेखि स्विमिङ कस्टूममा बेबीबम्प देखाउँदै खिचाएको तस्बिरसम्म उनका चर्चा र आलोचनाको विषय बनेका छन् ।
तस्बिरका कारण उनी ट्रोलको निसाना र सामाजिक प्रयोगकर्ताको तारो समेत बनेकी छन् । अहिले पनि प्रियंकाले सामाजिक सञ्जालमा केही नयाँ तस्बिर शेयर गरेकी छन् ।
तस्बिर उनको परिवारले आयोजना गरेको दही चिउरा कार्यक्रमको हो । जसमा उनलाई श्रीमान् आयुष्मान देशराज जोशीका साथ पहेँलो सारीमा देख्न सकिन्छ । तस्बिरमा उनलाई सारीमा देखेर सामाजिक प्रयोगकर्ताले आश्चर्य मानेका छन् ।






