मुख्यमन्त्री शाहीले गरे प्रदेश अस्पतालकाे निरीक्षण

सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश अस्पतालकाे  निरीक्षण गरेका छन् । मुख्यमन्त्री शाहीले  अस्पतालकाे निरीक्षण गरि सके पछि मोडेलको रुपमा स्थापित गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

अस्पतालमा आउने विरामीहरुको उचित उपचार गर्न र अस्पतालले दिने सेवा प्रवाहमा थप प्रभावकारी बनाउनमा अस्पतालले ठुलो भूमिका खेल्नु पर्ने मुख्यमन्त्री शाहीले बताए । कोरोनाको तेश्रो भेरियन्ट सुरु हुने खतरा रहेको विज्ञहरुले बताइरहेको समयमा मुख्यमन्त्री शाहीले आज अस्पतालको निरीक्षण गर्दै अस्पताललाई स्रोत साधनमा थप व्यवस्थित बनाउनको लागि नयाँ कार्यक्रम सहित बजेटको माग राख्नका पनि प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्वर खड्कालाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री शाहीले अस्पतालमा गएर ‘होलबडी’ चेकजाँचसमेत गराएका थिए ।मुख्यमन्त्री शाहीसँगै कर्णाली प्रदेशका प्रमुख सचिव र सम्पूर्ण मन्त्रालयका सचिवहरुले प्रदेश अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए ।

मुख्यमन्त्री शाहीले गरे प्रदेश अस्पतालकाे निरीक्षण

जयसिंहको परिवार भेट्न मालगाउँ पुग्यो गृहको छानबिन

मुख्यमन्त्री शाहीले गरे प्रदेश अस्पतालकाे निरीक्षण

अमेरिकामा आगामी चार हप्तासम्म कोरोना संक्रमण र

Leave a comment

Your email address will not be published. Required fields are marked *