अनाथ बालबालिकाको सहारा बनेको सुर्खेतको ‘साझा घर नेपाल’

सुर्खेत । सुर्खेतमा कृयाशील ‘साझा घर नेपाल’ लाई केही मनकारी व्यक्तिहरुले सहयोग गरेका छन् । कालीकोटबाट सुर्खेत आएका युवा, विद्यार्थी र सुर्खेत मै व्यवसाय गर्दै आएका मनकारी समूहले पैसा उठाएर चामल र दाल किनेर सहयोग गरेका हुन् ।

फजुल खर्च गर्ने हातहरु भन्दा दीन दुःखी र असहायका लागि दान गर्ने हातहरु महान हुन्छन् भन्ने उद्धेश्यले उक्त सहयाेग गरिएकाे हाे । यस संस्थाले कर्णालीका गरीब र अनाथ बालबालिकालाई पढ्ने, बस्ने, खाने व्यवस्था गर्दै आएको छ ।

यो संस्था विगत ३ वर्ष २०७६ देखि सञ्चालनमा आएको हो । यो संस्थाले हाल ६५ जना बालबालिकालाई आश्रय दिँदै आएको छ । ‘साझा घर नेपाल’ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा अवस्थित छ । यस कार्यमा सहयोग गर्नुहुने सबैलाई संस्थाले धन्यवाद दिएको छ ।

यस संस्थाका अध्यक्ष भीमबहादुर विश्वकर्माले आफ्नो मृगौला बेचेर भएपनि बालबालिकालाई शिक्षा, गास, बासको उचित व्यवस्था दिने प्रतिवद्धता गरे  । संस्थाका महासचिव विनोद चौलागाईंले अहिलेसम्म कुनै पनि विदेशीले सहयोग नगरेको बताए ।

उनले  सो संस्थाको उद्धेश्य सहाराविहीनलाई शिक्षा, दीक्षा दिनुका साँथै उनले कोही पनि खुला आकाश मुनि बस्नु नपरोस् र कोही भोकनाङ्गा रहन नपरोस् भन्ने आफूहरुको चाहना रहेको बताए ।

यस संस्थाले पहिला पनि मानसिक सन्तुलन गुमाएका १७ जना विरामीलाई उपचार गरी घर पठाएको पनि उहाँले जानकारी दिए । बेवारिसे रुपमा छोडिएका बालबच्चा पनि आफूहरुले सडकबाट उठाएर सेवा दिएको चौलागाईंले बताए ।

यसैगरी कालीकोट जिल्ला खेलकुद विकास कार्यालयका अध्यक्ष गणेश शाहीले बालबालिकालाई आफ्नो तर्फबाट २० हजार जतिको खेलकुद सामग्री यस साझा घरका बालबालिकालाई हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अनाथ बालबालिकाको सहारा बनेको सुर्खेतको ‘साझा घर नेपाल’

सुर्खेतमा हजुरकाे मास्क खाेई भन्दै प्रजिअ र

Leave a comment

Your email address will not be published. Required fields are marked *