प्रदेश आयुर्वेद औषधालयले एक बर्षमा ३४ हजारलाई सेवा दियाे

सुर्खेत । प्रदेश आयुर्वेद औषधालयले पछिल्लो एक बर्षमा ३४ हजारबढी विरामीलाई सेवा दिएको छ । आर्थिक बर्ष २०७७÷०७८ मा कुल ३४ हजार दुईसय ७३ जना विरामीलाई सेवा दिएको औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजालले जनाए ।

सेवा लिनेमधये १३ हजार चारसय १८ जना पुरुष, १६ हजार तीनसय १९ जना महिला र चार हजार पाँचसय ३६ जना अन्य छन् । आर्थिक वर्ष २०७५÷०७६ मा २२ हजार ९० जना र ०७६÷०७७ मा २८ हजार तीनसय ५५ जनाले विरामीले

सेवा लिएका थिए । मंगलबार पत्रकार सम्मेलन गर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले पछिल्लो समय आयुर्वेद औषधालयप्रति जनविश्वास बढेकै कारण विरामीहरु बढ्ेको बताए ।

‘पहिले औषधालयप्रति जनविश्वास थिएन, अहिले आयुर्वेद उपचारपद्दतिमा विरामीहरुले विश्वास गर्न थालेका छन्’ उनले भने, ‘चुस्त व्यवस्थापन र प्रचार–प्रसारका कारण नागरिकको भरोसा बढेको छ ।’ ढकालको दुई बर्षे कार्यकाल समेत सकिएको छ ।

उनले आफ्नो कार्यकालमा अस्पतालको विकास र सेवालाई प्रभावकारी बनाएको बताए । पछिल्ला तीन वर्षमा औषधालयले ४८ लाख ८४ हजार ९३ रुपैयाँ आम्दानी गरेको छ । योमध्य १८ लाख ८७ हजार ९३ खर्च गरेर २९ लाख ९७ हजार खुद आम्दानी गरेको छ ।

प्रदेशकै सुविधा सम्पन्न आयुर्वेद अस्पतला बनाउने उद्देश्यले १८ करोड ३२ लाखमा १५ शैयाको अस्पताल र तीन करोड ३३ लाखमा औषधी निर्माण प्रयोगशाला भवन निर्माण भइरहेको छ ।

प्रदेश आयुर्वेद औषधालयले एक बर्षमा ३४ हजारलाई सेवा दियाे

YUGAAWHAN NATIONAL DAILY (2078-04-20)

प्रदेश आयुर्वेद औषधालयले एक बर्षमा ३४ हजारलाई सेवा दियाे

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *