सबैभन्दा उपयोगी तौल घटाउने पेय पदार्थ, हप्तामा एकपटक पिउनुस्

एजेन्सी । दिनभर क्यालोरी बढाउने खानेकुराको सेवनले शरीरको तौल निकै तीव्र गतिमा बढ्ने गर्छ । धेरै क्यालोरीको सेवनले शरीरमा बोसो जम्मा हुन जान्छ ।

यस्तो समयमा तौल क मगर्न जुस वा तरल पदार्थ पिउन सकिन्छ । सागसब्जीका जुस वा तरल पदार्थ पिउँदा शरीरको तौल तीव्र रुपमा घट्दै जान्छ ।

यद्यपि, खराब जीवनशैली र खानपानका कारण तीव्र गतिमा तौल बढ्न सक्छ । कहिलेकाँही व्यायाम, योग र घरेलु उपायहरु अपनाउँदा पनि तौल घट्ने सम्भावना कम हुन्छ । त्यसैले क्यालोरी कम भएको खानेकुरा खाने गर्नुपर्छ ।

धेरै क्यालोरी भएको खानेकुरा खाँदा शरीरमा तीव्र रुपमा फ्याट जम्मा हुन जान्छ । त्यसैले यस्तो क्यालोरी र बोसो कम गर्न हप्तामा एकपटक जुसको सेवन गर्नुपर्छ ।

तौल कम गर्ने पेय पदार्थ कसरी बनाउने ?

तौल कम गर्ने पेय पदार्थ निर्माण गर्नका लागि १०० ग्राम काँक्रो, १०० ग्राम पालक, १५० ग्राम भुँइकटहर, आधा चम्चा थिचेको अदुवा, १५ देखि २० पात पुदिना र कागती लिने ।

त्यसपछि काँक्रो, पालक, भुँइकटहरलाई सानो सानो टुक्रामा काट्ने त्यसमा थोरै पानी हालेर त्यसलाई पिस्ने र त्यसलाई छानेर जुस निकाल्ने । यसरी निकालेको जुसलाई हप्तामा एक पटक पिउँदा शरीरको तौल सहज तरिकाले घट्ने गर्छ ।

कसरी घट्छ तौल ?

यो पेयपदार्थले शरीरलाई आलस्य र ढिलासुस्ती हुनबाट बचाउँछ । यो पेयपदार्थले शरीरलाई डिटोक्स गराउँछ । शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ । यो पेयपदार्थमा एन्टिअक्सिडेन्ट पनि हुन्छ ।

जसले रोगप्रतिरोधी क्षमताको विकास गर्छ । यसले शरीरलाई सुख्खा हुन दिँदैन । यो पेयपदार्थमा मेटाबोलिज्म धेरै हुने भएकाले तीव्र गतिमा तौल घट्छ ।

सबैभन्दा उपयोगी तौल घटाउने पेय पदार्थ, हप्तामा एकपटक पिउनुस्

लुटेराले टाउकोमा बन्दुक तेर्साएर फोन–सिक्री खोसे, तर

सबैभन्दा उपयोगी तौल घटाउने पेय पदार्थ, हप्तामा एकपटक पिउनुस्

आन्दोलनका लागि तयार रहन ओलीको निर्देशन

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!