लुटेराले टाउकोमा बन्दुक तेर्साएर फोन–सिक्री खोसे, तर पनि आनन्दले ‘चिकेन’ खाइरहे यी व्यक्ति

एजेन्सी । टिम इन्डियाका खेलाडी एम एस धोनी दबाबका बेला पनि ‘कूल’ हुन्छन् भन्ने आम धारणा छ । यसै गरी बिन्दास भएका कारण एक व्यक्ति सोसल मिडियामा निकै भाइरल भइरहेका छन् । लूटपाटबीच पनि शान्तिपूर्वक खाना खाइरहेका यी व्यक्तिको भिडियो ट्रेन्डमा छ ।

यो भिडियोमा देख्न सकिन्छ कि लुटेरासँग एउटा पिस्टोल छ । उनले हावामा पिस्तोल हल्लाउँछन् र रेष्टुरेन्टमा भएका मानिसहरुसँग उनीहरुका महँगा सामान माग्छन् । यतिबेला एक व्यक्ति आरामले चिकेन विङ्ग्स खाइरहेको देख्न सकिन्छ ।

ती लुटेरा त्यसपछि यी व्यक्ति भएठाउँ पुग्छन् र उनको सिक्रि तान्छन् तर यी व्यक्ति न त डराउँछन् न नै कुनै प्रकारको विरोध गर्छन् । यी व्यक्ति कुनै प्रतिक्रिया बिना नै आफ्नो खानामा मस्त देखिन्छन् । भिडियो हेर्दा यस्तो लाग्छ कि यी व्यक्तिलाई आफ्नो खानाबाहेक अन्य कुनै कुराको वास्ता छैन ।

त्यसपछि लुटेराले यी व्यक्तिको फोन पनि माग्छन् । यसपटक पनि उनी नडराई आरामले आफ्नो फोन यी व्यक्तिलाई दिन्छन् र आफ्नो खानामा नै केन्द्रीत हुन्छन् ।

यी व्यक्तिको व्यवहार त्यहाँ भएका अन्य मानिसहरुभन्दा भिन्न थियो । जहाँ एकातिर थुप्रै मानिसहरु यो चोरलाई देखेर भाग्ने र लुक्ने कोसिस गरिरहेका थिए भने केही मानिसहरु यस्ता पनि थिए जो आफ्नो महँगा सामान लुकाउने कोसिस गरिरहेका थिए ।

यी चोर यी व्यक्तिको मोबाइलबाहेक यो रेष्टुरेन्टबाट अन्य केही महँगा सामान लिएर भागेका थिए । यो घटनापछि मानिसहरु निकै डराइरहेका देखिन्थे भने लुटपाटपछि पनि यी व्यक्ति आफ्नो चिकन विङ्ग्स खान मस्त थिए ।

यद्यपि, यो लुटपाट कहाँ भएको थियो भन्ने स्पष्ट जानकारी भने छैन । सिसिटिभी फुटेजका अनुसार यो घटना १७ जून राती करिब १० बजेको हो । यो लुटपाट स्प्यानिस बोल्ने कुनै देशमा भएको मानिन्छ ।

लुटेराले टाउकोमा बन्दुक तेर्साएर फोन–सिक्री खोसे, तर पनि आनन्दले ‘चिकेन’ खाइरहे यी व्यक्ति

पहिलो पटक सरकारमा रहेका तीन मन्त्रीको विरुद्धमा

लुटेराले टाउकोमा बन्दुक तेर्साएर फोन–सिक्री खोसे, तर पनि आनन्दले ‘चिकेन’ खाइरहे यी व्यक्ति

सबैभन्दा उपयोगी तौल घटाउने पेय पदार्थ, हप्तामा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!