भेरिगंगा-१० का जेष्ठ नागरिकलाई छाता वितरण गरेर सम्मान

भेरीगंगा । भेरिगंगा नगरपालिका वडा नम्वर १० मा ७० वर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । शनिवार भेरिगंगा नगरपालिका वडा नम्वर १० को अयोजना तथा नगर स्वास्थ्य शाखा भेरिगंगाको समन्वयमा जेष्ठ नागरिक सम्ममा तथा स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

गएको वर्ष कोभिडका कारण सामाजिक विकासको क्षेत्रमा लाभ पुग्ने गरि काम गर्न नसकिएको भएतापनी यस वर्ष भने सामाजिक विकासका कामहरलाई अगाडी बढाईएको भेरिगंगा नगरपालिक वडा नम्वर १० ले जनाएको छ । जेष्ठ नागरिक शिविरमामा आफु जस्ता जेष्ठ नागरिकहरुलाई सहभागी गराई स्वास्य शिविर संचालन गरेकोमा आफुलाई खुशी लागेको बताउनु हुन्छ ८६ वर्षका जेष्ठ नागरिक दल बहादुर रोकाय ।

यस्तै अर्का जेष्ठ नागरिक तुला बहादुर घर्तीलाई पनी वडा सरकारले आफुहरुका लागी गरेको स्वास्थ्य शिविर तथा सम्मान कार्यक्रम राम्रो लागरेको र गाउँघरमै सरकार आएको अनुभव भएको छ । जेष्ठ नागरिक स्वास्थ्य शिविरमा सहभागी हुनुभएकी अर्का सहभागी जल कुमारी बादीले भने वडा सरकारले समयमै सामाजिक सुरक्षा भत्ता दिएर विहान बेलुकाको छाक टार्न सहजीकरण गरिदिन वडा सरकारलाई अनुरोध गरेका छन् ।

यस्तै अर्का जेष्ठ नागरिक तुला बहादुर घर्तीलाई पनी वडा सरकारले आफुहरुका लागीे गरेको स्वास्थ्य शिविर तथा सम्मान कार्यक्रम राम्रो लागेको र गाउँघरमै सरकार आएको अनुभव भएको छ । जेष्ठ नागरिक स्वास्थ्य शिविरमा सहभागी हुनुभएकी अर्का सहभागी जल कुमारी बादीले भने वडा सरकारले समयमै सामाजिक सुरक्षा भत्ता दिएर वबहान बेलुकाको छाक टार्न सहजीकरण गरिदिन वडा सरकारलाई अनुरोध समेत गरे ।

भेरीगंगा नगरपालिकाले आगामी आर्थिक वर्षमा सबै वडाहरुमा लक्षीत वर्गका कार्यक्रमहरु संचालन गर्ने गरि निति तथा कार्यक्रम निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत बहादुर बस्नेतले जानकारी दिए । वडाले आगामी वर्षमा जेष्ठ नागरिक, युवा, बालबालीका, महिला तथा लक्षीत वर्गहरुका लागी जनचेतनामुलक कार्यक्रम संचालन गर्ने तयारी गरिएको वडाअध्यक्ष मानबहादुर बुढा मगरले जानकारी दिए ।

उनका अनुसार भेरिगंगा नगरपालिका-१० मा करिव एकसय ३० जना भन्दा बढि जेष्ठ नागरिकहरु रहका छन् । वडा सरकार वडापालिकाको पुर्वाधार विकास सँगसँगै समामाजिक विकासमा पनी लागी परेको वडाअध्यक्ष बुढा मगरको भनाई रहेको छ । करिब ११६ जना भन्दा बढी जेष्ठ नागरिकलाई वडाअध्यक्ष मानबहादुर बुढा मगरले आफ्नो ब्यक्तिगत खर्चमा दोसल्लाले सम्मान गर्दै छाता वितरण गरेका थिए । स्वास्थ्य शिविरमा जेष्ठ नागरिकहरुले सुगर र बल्डप्रेसर चेकजाँच गराएका थिए ।

भेरिगंगा-१० का जेष्ठ नागरिकलाई छाता वितरण गरेर सम्मान

लागूऔषध सहित एक जना पक्राउ

भेरिगंगा-१० का जेष्ठ नागरिकलाई छाता वितरण गरेर सम्मान

पत्रकार महासंघलाई सहयोग

Leave a comment

Your email address will not be published. Required fields are marked *