लागूऔषध सहित एक जना पक्राउ

सुर्खेत ।  लागूऔषध ब्राउन सुगरसहित वीरेन्द्रनगरबाट एक जना युवक पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यलय सुर्खेतले उनलाई सुर्खेतको वीरेन्द्रनगर–११ गाग्रेतालबाट असार १८ गते साझ ८ बजे पक्राउ गरेको हो ।

जिल्लाबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उक्त स्थानबाट २८ वर्षिय नविन तिवारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले तिवारीलाई शंकास्पद अवस्थामा फेला पारी शरीर खान तलासी गर्दा उनले लुकाई राखेको ३ पुडिया लागूऔषध ‘ब्राउन सुगर’ फेला पारेको हो ।

ब्राउन सुगरसहित तिवारीबाट नेपाली सात हजार ३० र भारतीय एकसय नगद रुपैयाँ सहित पक्राउ गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

लागूऔषध सहित एक जना पक्राउ

कार्टुन

लागूऔषध सहित एक जना पक्राउ

भेरिगंगा-१० का जेष्ठ नागरिकलाई छाता वितरण गरेर

Leave a comment

Your email address will not be published. Required fields are marked *