दिसाजन्य फोहोर व्यवस्थापन गरेर मल उत्पादन गर्ने तयारी

सुर्खेत, १६ असोज । फोहोरलाई मोहर बनाउने वीरेन्द्रनगर नगरपालिकाको एउटा आयोजना सम्पन्न भएको छ । सरसफाइको क्षेत्रमा महत्वपूर्ण मानिएको ‘दिसाजन्य लेदो प्रशोधन केन्द्र’ निर्माण सम्पन्न भएको हो ।

वीरेन्द्रनगर–१ को ल्यान्डफिल्डसाइड (कृष्ण सामुदायिक वनको तारेभिर) मा प्रशोधन केन्द्र निर्माण गरिएको छ । केही समयअघि नै निर्माण सम्पन्न भएको प्रशोधन केन्द्र सञ्चालनमासमेत आइसकेको छ ।

प्रशोधन केन्द्र प्राविधिक परीक्षणपछि सञ्चालनमा ल्याइएको हो । योसँगै अब नगरमा सेफ्टीट्याङ्कीबाट निस्कने फोहोरलाई मोहरका रुपमा प्रयोग गरिनेछ । दिसाजन्य फोहोरलाई प्रशोधन गरेर मलका रुपमा प्रयोग गरिने छ । राष्ट्रिय मापदण्ड अन्तरगत प्रशोधन केन्द्रबाट मिश्रित प्राङ्गारिक मल उत्पादन गरिने भएको हो ।

नकुहिने फोहोरलाई भने ल्यान्डफिलमा राखिने छ । केन्द्रबाट दैनिक ५० क्युविक मिटर दिसाजन्य लेदो र पाँच मेट्रिक टन ठोस फोहोर प्रशोधन हुनेछ । एकसय ४० मिटर गहिरो खाल्डो निर्माण गरेर आधुनिक तरिकाले प्रशोधन गरिने छ ।

दिसा प्रशोधन केन्द्र सञ्चालनमा आएसँगै वीरेन्द्रनगरले स्वास्थ्य तथा सरसफाइका क्षेत्रमा फड् को मारेको मारेको हो । तारेभिरमा निर्माण गरिएको प्रशोधन केन्द्रले तत्कालका लागि वीरेन्द्रनगरको फोहोर व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ । एसएनभी नेपालले प्रशोधन केन्द्र निर्माण गरिदिएको हो । एक करोड ९७ लाख ६२ हजारको लागतमा प्रशोधन केन्द्र निर्माण गरिएको हो ।

यो वीरेन्द्रनगर नगरपालिकाले बहुप्रतिक्षित आयोजना हो । नगरपालिका स्थापना भएदेखि नै फोहोर व्यवस्थापनका लागि दिसा प्रशोधन केन्द्र स्थापनाको पहल थालिएको थियो । तर लामो समयदेखि प्रशोधन केन्द्र स्थापना गर्न सकिएको थियो । पछिल्लो करिव पाँच बर्षको निरन्तर प्रयासपछि प्रशोधन केन्द्र निर्माण गरिएको हो । सन् २०१६ मा एसएनभी नेपालले समन्वयमा नगरपालिकाले सरसफाइ गुरुयोजना बनाएको थियो ।

यो नेपालको १७ औं दिसाजन्य लेदो प्रशोधन केन्द्र हो । प्राविधिक हिसावले पनि प्रशोधन केन्द्र सरल र सहज छ । आधुनिक प्रविधिको प्रयोग, कम लागत र मर्मत सम्भार गर्न सहज रहेको एसएनभी नेपालका सरसफाइ विभागका सुरजराज भण्डारीले जनाए ।

प्रशोधन केन्द्रलाई व्यावसायिक र दीगो रुपमा सञ्चालन गर्ने योजना छ । प्रशोधन केन्द्र सञ्चालनका लागि एसएनभी नेपाल र वीरेन्द्रनगर नगरपालिकाले बृहत योजना अगाडि सारेका छन् । फोहोरको विर्सजनका लागि नगरपालिकाले निश्चित मूल्य निर्धारण गर्नेछ । सोही मापदण्डका आधारमा वीरेन्द्रनगरका सेफ्टीट्याङ्कीबाट निस्कने फोहोरलाई प्रशोधन केन्द्रमा लिएर प्रशोधन गरिनेछ । प्रशोधन केन्द्रको दीर्घकालीन सञ्चालनको लागि एसएनभी नेपालले डीपीआरसमेत तयार पारेको छ ।

दशैंलगत्तै प्रशोधन केन्द्र सञ्चालनको बृहत योजना अगाडि बढाइने एसएनभी नेपालका सुशासन सल्लाहकार मनिमा बुढाथोकीले जनाइन् । निजी सेवा प्रदायक संस्थासँग समन्वय गरेर प्रशोनध केन्द्र सञ्चालन गरिनेछ । एसएनभीले सेवाप्रदायक कम्पनीका चार र नगरपालिकाका तीन जना कर्मचारीलाई प्राविधिक तालिम समेत दिएको छ । केन्द्रको सहज सञ्चालनका नगरपालिकाले एकजना कर्मचारी खटाउने छ ।

निजी सेवा प्रदायक संस्थाले दुईजना कर्मचारी खटाउने छन् । प्रशोधन केन्द्रबाट वातावरणीय क्षेत्रमा असर नपरोस् भन्ने उद्देश्यले प्रशोधन केन्द्रमा करिव १५ हजार विरुवाहरुसमेत रोपिएको छ । मानव बस्तीभन्दा करिव तीन किलोमिटरको दुरीमा रहेका कारण प्रशोधन केन्द्रले मानवीय स्वास्थ्यमा असर नपर्ने अपेक्षा गरिएको छ ।

दिसा प्रशोधन केन्द्र नहुँदा वीरेन्द्रनगरका सेफ्टीट्याङ् कीबाट निस्कने फोहोर व्यवस्थापनमा चुनौती थियो । वीरेन्द्रनगमा दुई प्रतिशत सेवा प्रदायकहरुले दिसाजन्य लेदो संकलन गरेर विर्सजन गर्दै आएका छन् । नगरपालिकामा व्यक्तिगत सेफ्टीट् याङ्कीबाट औषत तीनदेखि पाँच बर्ष र होटल व्यावसायबाट ६ महिनामा सेफ्टीट् याङ्की सफा गर्नुपर्ने अवस्था छ ।

खानेपानीका कर्मचारीहरु आन्दोलित

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थामा कार्यरत कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । संस्थाका कोषाध्यक्ष रामबहादुर गौतम र कार्यालय प्रमुख डम्मरबहादुर गौतमविरुद्ध कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।
गौतमद्वयले संस्थाका कर्मचारीहरुलाई चालु आर्थिक बर्षमा कर्मचारीलाई तलव नखुवाएको, सम्पन्न भएका आयोजनाहरुको रकम भुक्तानी नदिएको, खानेपानीको नियमित आपूर्तिका लागि ब्लिचिङ पाउडर, पाइप, फिटिङ र इन्धनहरु उपलब्ध नराएको लगायतका आरोप लगाउँदै कर्मचारीहरु आन्दोलनमा उत्रिएका ह्न् ।

कर्मचारीहरुले गौतमद्वयलाई कानूनी कारबाही नगरेसम्मका लागि काममा नफर्कने जनाएका छन् । कानूनी कारबाही र आवश्यक समन्वयका गरिदिन भन्दै कर्मचारीले शुक्रबार सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

गौतमद्वयले संस्थाको हित विपरित खाता रोक्का गरेको, कार्यालय सञ्चालनका लागि प्रभावकारी योजना ल्याउन नसकेको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता श्रमिक ट्रेड युनियनका अध्यक्ष गणेशमान खनालले प्रशासनका कार्यालयमा बुझाइएको पत्रमा उल्लेख गरिएको छ ।

पढ्दा पढ्दै विद्यालय भत्कियो
पठनपाठन चलिरहेको बेलामा विद्यालय भवन भत्किंदा बारेकोटको एक विद्यालयका विद्यार्थी घाइते भएका छन् । बारेकोट गाँउपालिका २ लिम्सा स्थित विरेन्द्र प्राथमिक विद्यालयमा अध्ययनरत नौ जना विद्यार्थी घाइते भएका हुन् ।
बालविकास कक्षा सञ्चालन हुँदै आएको भवनको भित्ता शुक्रबार दिउँसो पढाइरहेको अवस्थामा एक्कासी भत्किएपछि भागदौडको क्रममा विद्यार्थी घाइते भएको शिक्षक कालीप्रसाद थापाले बताए । कोठाको भित्ता भत्किएपछि बालकक्षामा अध्ययनरत हिम्मत सिंह, स्मृति शाही, दिप्सन नेपाली, विजया शाही, अतिथ नेपाली, अनिशा शाही लगायतका नौ जना विद्यार्थी घाइते भएका छन् ।
उनीहरुको आधारभूत अस्पताल लिम्सामा उपचार भैरहेको छ । घाइते मध्ये ५ जना सामान्य रहेको र ४ जना गम्भीर रहेको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए । तत्काल अन्य विद्यार्थी, शिक्षक र प्रहरीले घाइते विद्यार्थीको उद्दार गरेर अस्पताल पु¥याएका थिए ।

दिसाजन्य फोहोर व्यवस्थापन गरेर मल उत्पादन गर्ने तयारी

के बिहे गर्नैपर्छ?

दिसाजन्य फोहोर व्यवस्थापन गरेर मल उत्पादन गर्ने तयारी

देशभर थप ८ सय ६७ जनामा कोरोना

Leave a comment

Your email address will not be published. Required fields are marked *