फेसबुकबाट गाली बेइजती गर्नेलाई कारबाहीको माग

कालिकोट, १८ चैत ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले कालिकोटका अन्नपूर्णकर्मी बिस्नप्रसाद न्यौपानेलाई सामाजिक सञ्जालबाट धम्की दिने गाली गर्नेलाई कडा चेतावनी दिएको छ । महासंघले मंगलबार एक बिज्ञप्ती निकाल्दै यही चैत १६ गते अन्नपुर्ण पोष्ट दैनिकमा लेखेको कर्णाली प्रदेश सभा सदस्य कुर्मराज शाहीले एम्बुलेन्स दुरुपयोग गरेको बिषयमा लेखेको समाचारको बिषयलाई लिएर सामाजिक संजालमा गाली गर्र्ने, कुटपीटको धम्की दिने कार्यप्रति महासंघ प्रदेश समितिको गम्भीर ध्यनाकर्षण भएको भन्दै आपत्ति जनाएको छ ।

नेपाल पत्रकार महासंघ प्रदेश समितिका महासचिव दिपेन्द्र शर्माद्धारा हस्ताक्षर गरेको बिज्ञप्तीमा भनिएको छ, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति सदस्यसमेत रहेका अन्नपूर्ण पोष्ट दैनिक कालिकोटका संवाददाता विस्नप्रसाद न्यौपानेद्धारा २०७६ चैत्र १६ गते लिखित समाचारको विषयलाई सामाजिक सञ्जाल र अन्य माध्यमबाट धम्की दिनुका साथै अश्लिल र अपमानजनक शव्द प्रयोग गर्दै गालीगलोज गरेको घटनाप्रति महासंघ प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रकाशित समाचारप्रति चित्त नबुझेमा खण्डन गर्ने र कानुनी प्रक्रियामा जाने बाटो हुदाहुदै यस्तो कार्य गर्नाुले पत्रकारलाई असुरक्षित बनाउनुका साथै प्रेस स्वतन्त्रतामाथि नै धावा बोलेको हाम्रो ठहर छ । त्यसमाथि यस्ता उच्छृंखल र गैरकानुनी कार्य गरिनु झन् निन्दनीय हो । त्यसर्थ, पत्रकारमाथिका यस्ता हर्कत बन्द गर्न सम्बन्धित पक्षलाई चेतावनी दिदै कडाभन्दा कडा कारबाही गर्न तथा स्वतन्त्र, निर्भयका साथ पत्रकारीता गर्ने वातावरण मिलाउन सम्बन्धीत पक्षसंग माग गर्दछौं ।

साथै कोरोना भाइरसको विश्वव्यापी संक्रमण र लकडाउनको अवस्थामा संयमित, जिम्मेवार र सावधानीपूर्ण रुपमा पत्रकारिताका आधारभूत मूल्य मान्यताभित्र रही सञ्चारकर्म गर्न सम्पूर्ण पत्रकार मित्रहरुलाई महासंघ प्रदेश समिति आह्वान गर्दछ, भनिएको छ । कोरोना भाईरसको महामारी रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनलाई उलंघन गर्दै सांसद शाही चैत १५ गते जिल्ला अस्पतालको एम्बुलेन्समा सुर्खेतबाट कालिकोट आएका थिए ।

उक्त बिषयलाई चैत १६ गते अन्नपुर्ण पोष्टमा लकडाउनमा सांसद एम्बुलेन्समा आएपछि भन्ने शीर्षकमा समाचार प्रकाशीत भएको थियो । कालिकोटका अन्नपुर्णकर्मी तथा रेडियो मालिका एफएमका स्टेशन म्यानेजर समेत रहेका न्यौपानेले सामाजिक संजालमा गाली गर्ने तथा धम्की दिनेहरुका बिरुद्धमा कानुनी प्रक्रियामा जाने बताएका छन् । उनले आफुले सांसदले एम्बुलेन्स दुरुपयोग गरेकोे दाबी गरेका छन् ।

फेसबुकबाट गाली बेइजती गर्नेलाई कारबाहीको माग

YUGAAWHAN NATIONAL DAILY (2076-12-18)

फेसबुकबाट गाली बेइजती गर्नेलाई कारबाहीको माग

‘देश’ बाट फर्केका एक सय १३ जना

Leave a comment

Your email address will not be published. Required fields are marked *