राेल्पामा बम विस्फाेट, चार बालबालिकाकाे मृत्यु

रोल्पा : रोल्पाको त्रिवेणी गाउँपालिका ७ गैरीगाउँमा बम विस्फोटमा परी ४ बालबालिकाको मृत्यु भएको छ। बमको ठूलो आवाज आएपछि गाउँलेहरु हेर्न जाँदा बम विस्फोटमा परी ४ बालबालिकाको घटनास्थलमै ज्यान गएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्त कुमार वलीले जानकारी दिए।

मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका९ ७ का १४ वर्षीय लोकिराम डांगी, ११ वर्षीया बिमला डांगी,५ वर्षीय विजय खत्री र सोही गाउँपालिका ९ ४ का १३ वर्षीय गौरव नेपाली रहेको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी बताए। प्रहरी घटनास्थलतर्फ जाँदै गरेकाले त्यसको विस्तृत विवरण आउन बाँकी रहेको प्रदेश प्रहरी प्रमुख रवीन्द्रबहादुर धानुकले जानकारी दिए।

सशस्त्र द्वन्द्वका समयमा तत्कालीन विद्रोही माओवादीले लुकाएर राखेको बम बालबालिकाहरूले बाख्रा गाेठालाे गएर फर्कने क्रममा भेट्टाएको र खेलाउँदा विस्फोट भएको हुन सक्ने आशंका प्रहरीले गरेकाे छ। घटनास्थलमा रहेको अर्को बम अबेर साँझ नेपाली सेनाले डिस्पाेज गरेको छ।

राेल्पामा बम विस्फाेट, चार बालबालिकाकाे मृत्यु

कर छुट र बैंक व्याज मिनाहाको माग

राेल्पामा बम विस्फाेट, चार बालबालिकाकाे मृत्यु

बैशाख २५ गतेभित्र नतिजा प्रकाशन गरी विधार्थी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!