मन्त्रिपरिषद्ले गरयो करछुटसहितका यी १३ निर्णय

काठमाडौं, १८ वैशाख ।
गत १४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, श्रम, रोजगार, सामान्य प्रशासन र स्वास्थ्य क्षेत्रमा विभिन्न निर्णयहरू गरेको छ । विहिबार सार्वजनिक गरिएको निर्णयमा सार्वजनिक खरिद (दशौँ संशोधन) नियमावली, २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ भने कोभिड–१९ का कारण प्रभावित क्षेत्रहरूका लागि राहत, करछुट तथा सुविधा स्वीकृत गरेको छ ।

यसरी नै कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचार तथा सोको कारणबाट अर्थतन्त्रमा पर्न सक्ने क्षति न्यूनीकरण गर्न आवश्यक स्रोत व्यवस्थापन गर्न थप अन्तर्राष्ट्रिय सहायता परिचालन गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद्ले महाकाली लोकमार्ग (दार्चुला–टिङ्कर सडक) को कुल १ सय ३४ किलोमिटरमध्ये ठेक्का व्यवस्थापन हुन बाँकी ८७ किलोमिटर (घाँटीबगर–टिङ्कर) खण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनामार्फत गराउन स्वीकृति दिने, ईपीएस प्रणालीअन्तर्गत कोरियामा काम गर्ने अनुमति प्राप्त वैध प्रवेशाज्ञा भएर हाल बिदामा नेपालमा रहेका व्यक्तिहरू स्वेच्छाले आफ्नो काममा फर्की जान चाहेमा निजहरूको स्वास्थ्य परीक्षण गराई उनीहरूकै खर्चमा चार्टर्ड उडानबाट जान स्वीकृति दिने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद्ले गरयो करछुटसहितका यी १३ निर्णय

सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार

मन्त्रिपरिषद्ले गरयो करछुटसहितका यी १३ निर्णय

२५ वैशाखपछि के हुन्छ लकडाउन ?

Leave a comment

Your email address will not be published. Required fields are marked *