खाना खाँदा एककाे मृत्यु दुइ गम्भिर घटना : खानामा बिष हाल्ने तीन जना पक्राउ

डोल्पा (दुनै), ८ जेठ ।
जिल्ला प्रहरी कार्यालय डोल्पाले खानामा बिष हाल्ने तीन जना अभियुक्तहरुलाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई विहिबार पत्रकार सम्मेलन गरी दुनै डोल्पामा सार्वजनिक गरिएको छ । यहि जेष्ठ २ गते खानामा बिष हाल्ने त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १ का धन बहादुर बुढा, बर्ष ३० का जय बहादुर कठायत र बर्ष ३७ का ओम बहादुर शाहीलाई अनुसन्धानको क्रममा पक्राउ गरी सार्वजनिक गरिएको हो ।

त्यस्तै अभियुक्तहरुले ओछयानमुनी लुकाई राखिएको करिव एक दर्जनबढी विष (औषधी) का जरा, बिषलाई पकाएर राखेको एक थान प्लाष्ट्रिकको बोतल बरामद गरिएको छ । बिष हालेको खाना खाँदा यही जेष्ठ २ गते त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १ रल्लीका बर्ष ३२ का सुकलाल कुमालको मृत्यु भएको र मृतक कुमालकी जेठी श्रीमति बर्ष २८ कि रुपसी कुमाल र कान्छी श्रीमति बर्ष २७ की विन्दु कुमालको उपचारपछि नेपालगञ्जबाट घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक नारायण रञ्जितकारले बताए ।

घटना घटे लगत्तै आफु त्रिपुराकोट जाँदा मृतक सुकलाल कुमालकी बुढा आमा र बुवाले दुवै श्रीमति सबै परिवार मिलेर बस्दै आएको तर यसमा कसैको षडयन्त्र भएको भन्दै हत्यारा पत्ता लगाउन आग्रह गरेपछि प्रहरीको विशेष अनुसन्धान टोलीले घटनालाई गम्भिरतापूर्वक लिएको प्रहरी नायव उपरिक्षक रञ्जितकारले बताए ।

अनुसन्धानको क्रममा अभियुक्त जय बहादुर कठायतले विषादी जडिबुटी विष वनबाट ल्याएको, धन बहादुर बुढाले विषादी जडिबुटी पकाएर दाल पकाएको भाँडामा मिसाएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय डोल्पा प्रमुख डिएसपी नारायण रञ्जितकारले बताए । मृतक कुमालको सबै परिवारलाई मार्ने उद्देयले योजना बनाएको तर मृतक कुमालले अति धेरै खाना खाएपछि बान्ता भएको र अन्य परिवाले खाना खाँदा खाँदै खान छोडेर जोगिएको प्रहरीको भनाई छ । घटनाको विस्तृत अध्ययन, अनुसन्धान भैरहेको हुँदा दोषिहरुलाई कानून बमोजिम कारवाहीको दायरामा ल्याइने प्रहरीको भनाई छ ।

याे पनि पढ्नुहाेस :

खानापछि एकको मृत्यु, दुईको अवस्था गम्भिर

खाना खाँदा एककाे मृत्यु दुइ गम्भिर घटना :  खानामा बिष हाल्ने तीन जना पक्राउ

भारतबाट एकै दिनमा १२ सय कर्णालीवासी आइपुगे

खाना खाँदा एककाे मृत्यु दुइ गम्भिर घटना :  खानामा बिष हाल्ने तीन जना पक्राउ

लकडाउनमा-“कर्णाली”

Leave a comment

Your email address will not be published. Required fields are marked *