लटिकोइलीको शिवमन्दिरमा दर्शनगर्न आउँने भक्तजनहरुको भिड (फोटो फिचर)

दिनेश कुमार बुढा

                                                                                                तस्बिर : ओम शाही

सुर्खेत : वीरेन्द्रनगरको ९ लाटिकोइलीमा रहेको शिवमन्दिरमा बिहानैदेखि भक्तजनहरुको भिडभाड छ । शुक्रबार शिवरात्रीको दिन भएकाले पूजा गर्न आउनेहरुका कारण भिडभाड बढेको हो । उक्त मन्दिरमा कर्णाली प्रदेशमा बसोबास गर्ने बाहिरका जिल्लाका तथा स्थानीय भक्तजन बाक्लो उपस्थिति रहेको छ ।

आजकै दिन शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।

व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी “ऊँ नमः शिवाय “मंत्र जप्ने गरेमा सर्व्सिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *