मनकारी तिर्थले गरे विद्यार्थी तथा मजदुरलाई राहत वितरण

सुर्खेत, ८ वैशाख ।

आफ्नो जन्म दिनको अवसर पारी युवा नेता तिर्थ सुनारले विश्वव्यापी महामारीका रुपमा फैईलिरहेको कोरोना भाइरस (कोभिड–१९) को जोखिम कमगर्न सरकाले गरेको लकडाउनका कारण समस्यामा परेका विद्यार्थी तथा मजदुरलाई राहत वितरण गरेका छन् ।
दैलेख र बर्दियामा भाडामा बस्दै आएका विद्यार्थी तथा मजदुरलाई एक–एक प्याक चामल दुई केजी दाल, नुन र तेल वितरण गरेका हुन् ।

सुनारले लकडाउन सुरु भएको केही दिनमै विपन्न तथा समस्यामा परेका परिवारलाई खाद्यान्न तथा साझा घरमा रहेका असहाय, टुहुरा, अपाङ्गसहित ३० जनालाई साबुन वितरण गरेका थिए ।
आफ्नो सानो सहयोगले यो अवस्थामा समस्यामा परेकाहरुलाई थोरै भए पनि राहत पुग्ने उनको विशवास छ ।
आफ्नो हरेक जन्मोत्सवमा साझाघरलाई सहयोग गर्दै आएका सुनचाँदी व्यवसायी सुनारले खेलकुद क्षेत्रको विकासमा समेत सहयोग गर्दै आएका छन् ।

मनकारी तिर्थले गरे विद्यार्थी तथा मजदुरलाई राहत वितरण

सिम्तामा वाईफाईसहितको क्वारेन्टाइन

Leave a comment

Your email address will not be published. Required fields are marked *