सुर्खेतको छिन्चुमा फोर्स गाडीको ठक्करबाट एकजनाको मृत्यु

दिनेश बुढा

                                                                                                तस्बिर : सिपी कार्की

सुर्खेत : सुर्खेतको भेरिगंगा नगरपालिका १२ मा रहेको छिन्चुबजारमा मंगलबार राती फोर्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बा ३ ख ६३५२ नम्बरको फोर्स गाडिले ठक्कर दिँदा भेरीगंगा नगरपालिका ४ का ३२ बर्षिया राजु बोहोराको मृत्यु भएको हो ।

आफ्नो भे ४ प ६३३८ नम्बरको मोटरसाइकल रोकि हिड्ने क्रममा पछाडि बाट आएको फोर्सले ठक्कर दिएपछि गम्भीर घाइते भएका बाहोरालाई उपचारका लागि बाँकेको नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको अस्थायी ट्राफिक पोस्ट छिन्चुले जानकारी दिएको छ ।

बोहोराको मृत्युसँगै अहिले उक्त छिन्चु बजार असान्त बनेको छ । चालकलाई कारबाहीको माग गर्दै छिन्चुबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधनहरु आफ्न्तजन तथा स्थानीयबासिहरुले चल्न दिएका छैनन् । भने बजार पनि पूर्ण रुपमा बन्द भएको छ । फोर्स गाडी चालक र साहुँ फरार रहेको र उनिहरुको खोजि भइरहेको प्रहरीले जनाएको छ । साथै उचित क्षेतीपुर्ती तथा  चालकलाई कारबाहीको नभए सम्म बजार बन्द गर्ने पिडित परिवारकाे गुनासाे रहेकाे छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *