ट्राफिक प्रहरीले लिडर स्पिट गन प्रयोग गर्दै
सिपी कार्की
सुर्खेत (छिन्चु), ३ कार्तिक ।
कर्णाली प्रदेशमा अब चेकिन गर्दा ट्राफिक प्रहरीले लिडर स्पिड गन प्रयोग गर्ने भएका छन् । कर्णाली प्रदेशको प्रवेशद्वार छिन्चुबाट पहिलो पटक लिडर स्पिड गन परिक्षण गरिएको छ । लिडर स्पिड गन प्रयोग गर्दा यातायातको साधनको स्पिट कम हुने कुन स्पिटमा आइरहेको छ भन्ने जानकारी हुनेछ ।
अत्याधिक स्पिडबाट हुने दुर्घटना नियन्त्रण भई जनधनको क्षति नहुने भएकाले एकदमै गनको प्रयोग महत्वपूर्ण रहेको प्रदेश ट्राफिक कार्यालय प्रमुख एसपी राकेश सिंहले बताउनुभयो । उहाँले प्रबिधि प्रयोग गरेर दुर्घटना न्यूनीकरण सङ्गै जनधनको क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्य रहेको बताउनुभयो । चेकिङ गर्दा यसलाई सेट गरेर राख्दा, गाउघर तिर यातायातको साधन चलाउँदा ४० भन्दा बढि र जङ्गलको बाटोमा ६० भन्दा बढिको स्पिटमा आए लिडर स्पिट गनले अटोमेटिक रुपमा फोटा खिच्ने एसपी सिंह बताउनुभयो ।






