भेरीगंगा जेसीज सप्ताह २०२०ः कोरोना सम्बन्धी जनचेतनामुलक कार्यक्रम

सुर्खेत, २ कात्तिक ।
पछिल्लो अवस्थामा बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ लाई मध्यनजर गर्दै भेरीगंगा जेसिजले जेसिज सप्ताह २०२० अन्तगर्त पहिलो दिन शनिबार तृप्ती केसीको संयोजकमा कोभिड १९ कोरोना भाइरस सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरेको छ । कोभिड १९ कोरोना भाइरस सम्बन्धी कार्यक्रम भेरिगंगा नगरपालिकाको छिन्चु,रामघाट र जहरे बजारका रहेका सम्पुर्ण पसलहरुमा गई कोरोना भाइरसबाट बच्ने उपाएका पम्पेलेट दिई कार्यक्रम सम्पन्न भएको थियो ।

भेरीगंगा जेसिज सप्ताहमा अझै निम्न कार्यक्रम रहेका छन । कात्तिक ७ गते गणेश बहादुर वलिको सयोजकमा बृक्षारोपन गर्ने भएको छ । ८ गते महासचिव गोपी शर्माको सयोजकमा मातृशाखा साक्षात्कार कार्यक्रम गर्ने भएको छ । चौथो दिन १५ गते रमेश शर्माको सयोजकमा नेतृत्व बिकाश तालिम सन्चालन गर्ने भएको छ ।
२२ गते मुक्तीराम तिवारीको सयोजकमा भ्उक तालिम सन्चालन गर्ने भएको छ । २९ गते पबित्रा कठयातको सयोजकमा मा।बी नगरस्तरिय हाजिरीजवाफ कार्यक्रम सन्चालन गर्ने भएको छ र अन्तिम दिन ३० गते रामु सुवेदीको संयोजकमा स्मारिका बिमोचन तथा सप्ताह समापन गर्ने भेरिगंगा जेसीजका अध्यक्ष नबराज उपाध्यायले बताए ।






