अन्ततः फेरिए सुर्खेतका एसपी पन्त

सुर्खेत, २ असार ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी परिक्षक (एसपी) डिल्लीराज पन्त सरुवा भएका छन् । सुर्खेत सरुवा भएर आएदेखि विवादित बनेका एसपी पन्त अन्ततः सरुवा भएका हुन । सुर्खेतमा कार्यरत रहँदा कमजोर कार्यक्षमता र विवादित छवि बनाएकै कारण उनी एसएसपी हुनबाट रोकिएका थिए । कर्णाली प्रदेशको राजधानी सुर्खेतको प्रहरी प्रमुखको नेतृत्व सम्हालेपछि उनको कार्यशैलीका कारण सामाजिक सञ्जाल, मिडिया, राजनीतिक बृत्तदेखि संसदमा समेत चर्को आलोचना भएको थियो । उनको व्यवहार र समन्वयबाट कृषक, सर्वसाधारण, राजनीतिक अगुवा, सञ्चारकर्मी, सांसददेखि प्रदेशका मन्त्रीसम्म आजित बनेका थिए । सुर्खेतमा रहँदा उनको आफ्नै प्रहरी संगठनभित्र राम्रो समन्वय, सहकार्य गर्न नसकि लामो समयदेखि डिएसपी खाली राखेर दुई जना प्रहरी निरिक्षकलाई मुद्धा हेर्नेदेखि फिल्डमा खटाउने गरेका थिए । युगन्यूज डट कमले समेत उनका केही कर्तुत यसै मिडियाबाट सार्वजनिक गरेको थियो ।

सुर्खेतका प्रहरी उपरिक्षक (एसपी) पन्तसहित ३६ जनाको सरुवा भएको छ । गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयले १६ जिल्ला प्रहरी प्रमुख फेरेको छ । सुर्खेतको प्रहरी प्रमुखमा राजेन्द्र प्रसाद भट्टलाई सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ । तीमध्ये १६ जनाले जिल्ला प्रमुखका रुपमा जिम्मेवारी पाएका छन् । कास्कीमा जीवनकुमार श्रेष्ठको सरुवा भएको छ भने महोत्तरीमा टीकाबहादुर केसीले जिम्मा पाएका छन्। भक्तपुरमा तारादेवी थापा, कपिलवस्तुमा नवराज अधिकारी, इलाममा नवीनराज राई, उदयपुरमा भीमबहादुर दाहाल, मोरङमा सन्तोष खड्का र गोरखामा सुरेन्द्रबहादुर गुरुङले जिम्मेवारी पाएका छन्। त्यस्तै, पाल्पामा दीपकराज खरेल, पुर्वी नवलपरासीमा दीपक रेग्मी, तनहुँमा अरुण पौडेल, सिरहामा उमाशंकर पंजियार, बाँकेमा ओमबहादुर राणा, धनकुटामा गोविन्द अधिकारी र डोटीमा डोटीमा जनकराज पाण्डेयले जिम्मा पाएका छन् ।
यो पनि पढ्नुहोस :-






