अष्ट्रेलियामा लागेको डढेलो नियन्त्रणमा

अस्ट्रेलियामा गएको सेप्टेम्बरदेखि फैलिएको डढेलो पूर्णरुपमा नियन्त्रणमा आएको छ । डढेलोका कारण सबैभन्दा बढी प्रभावित भएको न्यू साउथ वेल्स (एनएसडब्लु)का अग्नि नियन्त्रण अधिकारीले डढेलो पूर्णरुपमा नियन्त्रणमा आएको बताएका हुन् ।

मानवीय प्रयासका बाबजुद राज्यका ३० भन्दा बढी क्षेत्रमा डढेलो कायम थियो । तर भारी वर्षासँगै सम्पूर्ण क्षेत्रको आगलागी नियन्त्रणमा आएको राज्यको ग्रामीण अग्निनियन्त्रण सेवाले जनाएको छ ।

पछिल्लो केहिदिन यता न्यू साउथ वेल्समा भारी वर्षा भइरहेको छ। भारी वर्षासँगै एनएसडब्लुमा बाढी तथा क्वीन्सल्याण्डको दक्षिणी क्षेत्रमा आँधी आउन सक्ने चेतावनी पनि दिइएको छ । न्यू साउथ वेल्समा पाँच महिनाभन्दा बढी समय फैलिएको डढेलोका कारण ५४ लाख हेक्टर क्षेत्रफल डढेको छ । यस्तै २४ सय ३९ घर ध्वस्त भएका छन् । (एजेन्सी)

अष्ट्रेलियामा लागेको डढेलो नियन्त्रणमा

YUGAAWHAN NATIONAL DAILY (2076-11-02)

Leave a comment

Your email address will not be published. Required fields are marked *