२०८२ बैशाख १७ गते
×

Now Playing

सिम्तामा नयाँ भाडादर

सल्यान : सिम्ता गाउँपालिकाले विभिन्न स्थानीय सडकहरुमा भाडादर तोकेको छ । यातायात व्यवसायीहरुले मनपरी रुपमा भाडा अशुल्न थालेपछि गाउँपालिकाले भाडादर तोकेको हो ।

गाउँपालिकाको प्रशासनिक केन्द्र जामुनेबजारदेखि विभिन्न वडाहरुमा भाडा निर्धारण गरिएको हो । नयाँ भाडादर अनुसार जामुनेबजारदेखि काप्रिचौरसम्म ७०, डाँडाखालीसम्म दुई सय, जुम्लेअम्रै ८०, देउली ७०, बजेडचौरडाँडा एक सय ५०, कोटडाँडा दुई सय, काफलकोट तीन सय, जामुनेबजारदेखि सल्लिबजार ४०, दुनी दुई सय २० र बाँखर्कदेखि खनेटा तीन सय, बाँखर्कदेखि काफलकोट दुई सय ५० रुपैयाँ कायम गरिएको छ ।

व्यवसायीले चर्को भाडा असुली रहेको गुनासो आएपछि भाडादर तोकिएको गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले जानकारी दिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *