अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसः ज्येष्ठ नागरिकलाई सम्मान गर्न राष्ट्रपतिको आग्रह

काठमाडौं, १५ असोज ।

आज ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा पनि ज्येष्ठ नागरिकका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले दिवसका अवसरमा विभिन्न गरी मनाउँदै छन् ।

यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकलाई सम्मान र सहयोग पुर्याउन आग्रह गरेकी छन् । ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा देश तथा विदेशमा रहेका ज्येष्ठ नागरिकको दीर्घायु, सु स्वास्थ्य, सुख, शान्ति र सम्मानित जीवनका लागि शुभकामना व्यक्त गर्दै उहाँले आ आफ्नो क्षेत्रबाट ज्येष्ठ नागरिकलाई दिनुपर्ने सम्मान र सहयोग पुर्याउन सबैमा आह्वान गरेकी हुन् ।

उनले नेपालको सांस्कृतिक परम्परा र पारिवारिक मूल्यको एउटा मुख्य विशेषता ‘मातृदेवोभवः, पितृदेवोभवः’ को भावना रहेको र सामाजिक दायित्वप्रति संवेदनशील यस्ता मौलिक मान्यतालाई आत्मसाथ गर्दै बदलिँदो परिवेशमा ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताइन् ।

विभिन्न क्षेत्रमा क्रियाशील ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवले पुर्याएको योगदानको मूल्याङ्कन गर्दै उनले ज्येष्ठ नागरिकको अनुभवलाई ग्रहण गरी नयाँ पुस्ता देशको समृद्धि हासिल गर्नेतर्फ उन्मुख हुने विश्वास पनि व्यक्त गरेकी छन् ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसः ज्येष्ठ नागरिकलाई सम्मान गर्न राष्ट्रपतिको आग्रह

उपचार गर्न आर्थिक सहयोगको अपिल

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसः ज्येष्ठ नागरिकलाई सम्मान गर्न राष्ट्रपतिको आग्रह

लिमीमा सशस्त्र पोष्ट स्थापना गर्ने तयारी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!