काँचो स्याउ नटिप्न सुझाव

जुम्ली किसानलाई अपरिपक्क अवस्थामा स्याउ नटिप्न सुझाव दिइएको छ । अपरिपक्क अवस्थामा स्याउ टिप्दा स्याउको गुणस्तर खस्किदै जादा पहिचान गुम्ने खतरा बढेकोले परिपक्क भइसकेपछि मात्रै स्याउ टिप्न आग्रह गरिएको हो । कृषि विज्ञका अनुसार भदौ पहिलो साता पछि मात्रै स्याउ टिप्दा उपयुक्त मानिन्छ । नपाकेको स्याउ टिप्दा बजारीकरणमा चुनौति हुने गरेको प्रमुख जिल्ला अधिकारी जयकुमार […]

भदौ ५ अगावै स्याउ नटिप्न आग्रह

जुम्लाको तिला गाउँपालिकाले स्याउ बगैँचा धनी र स्याउ व्यापारीलाई आगामी भदौ ५ गतेपछि मात्र स्याउ सङ्कलन तथा निकासी गर्न आग्रह गरेको छ । गाउँ कार्यपालिकाको बैठकको निर्णयले वडा नं १–९ सम्मका सबै स्याउ बगैँचा धनी र व्यापारीलाई भदौ ५ गतेभन्दा अघि स्याउ नटिप्न र निर्यात नगर्न अनुरोध गरेको छ । पालिकाले जुम्लाबाट सुर्खेत, नेपालगञ्ज, बुटवल, […]

१२ वर्षको उमेरमै जुम्ला देखि जहाजमा स्याउ पठाउन्थे रोकाया

१२ वर्षको बालकले जुम्लाबाट जहाजमा स्याउ चार्टर गरेर नेपालगंञ्जको सहरमा बेच्न लिएको सुन्दा अचम्म लाग्न सक्छ । तर जुम्लाको चन्दननाथ नगरपालिका–४ कार्कीवाडाका दिलबहादुर रोकायाले २०४६ सालमा १२ वर्षको उमेरमै १५ क्विन्टल स्याउ जहाजमा चार्टर गरेर नेपालगञ्ज लगेका थिए । विमानस्थलमा उनले स्याउ चार्टर गरेर लैजाँदा यात्रुदेखि हेर्नेहरु समेत अचम्मित हुन्थे।सानै उमेरमा बगैंचामै पुगेर स्याउ खरिद […]

वन अतिक्रमण गरि लगाइएका स्याउका बिरुवा काटेर फालियो

जुम्लामा सामुदायिक वन अतिक्रमण गरि लगाइएका स्याउ विरुवा काटेर फालिएको छ। सिंजा गाउँपालिका –६ भाडगाँउमा अवस्थित स्यानीपातल काफलबारी सामुदायिक वन अतिक्रमण गरि लगाइएको स्याउका विरुवा काटेर फालिएको हो। करिव एक हजार स्याउ काटेर फालिएको स्यानीपातल काफलबारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रंगबहादुर रावतले बताए।वन क्षेत्रको पुर्वमा दिलौरी खोला पश्चिममा मासीडाँडा, उत्तरमा भुगाडी हान्ने ठूलो खोला […]

उर्थुका स्याउ फुलेर बगैंचा सेताम्मे

हिमाली जिल्ला जुम्लाको वातावरण यतिबेला अति नै रमणीय देखिन्छ । जिल्लैभरि रहेका बगैँचामा स्याउका बोट फुलेर सेताम्मे भएपछि जुम्लाको वातावरण रोमाञ्चक देखिएको हो । जुम्ला स्वादिलो स्याउ पाइने जिल्लाका रुपले प्रख्यात छ । त्यो स्वादिलो स्याउ फल्ने बोटका बगैँचाहरुमा फूल फुलेर अहिले सेताम्य भएको छ । चैत– वैशाखमा स्याउ फुल्ने र स्याउ भदौमा पाक्ने गर्छ […]

हुम्लामा १० करोड बराबरको स्याउ उत्पादन

फलफूलमा स्याउ खेतीको राम्रो सम्भावना रहेको हिमाली जिल्ला हुम्लामा यस वर्ष दस करोड रुपियाँ बराबरको स्याउ उत्पादन भएको पाइएको छ । यस वर्ष स्याउ उत्पादन राम्रो नभए पनि जिल्लाभरको विवरण अनुसार उक्त स्याउ उत्पादन भएको पाइएको हो । सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले गाउँपालिकाभर पाँच करोडभन्दा बढीको स्याउ उत्पादन भएको बताए । उनले […]

सामुहिक स्याउ खेति शुरु गर्न बिप्लव र प्रकाण्ड जुम्ला आउने

जुम्लाको हिमा गाउँपालिका सामुहिक रुपमा स्याउ रोप्न तथा स्याउ खेतिका लागि नेपाल कम्यूनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द्ध (बिप्लव सि) जुम्ला आउने भएका छन् । नेपाल कम्यूनिष्ट पार्टीले कृषि उत्पादनलाई प्रथामिकता दिने उद्देश्यले बनाएको योजना अनुसार जुम्लाको हिमा गाउँपालिका–७ हाणुल्यमा सामुहिक स्याउ रोप्ने कार्यक्रम रहेको छ । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय कार्यालय सदस्य विर्खबहादुर शाही […]

स्याउ कृषकलाई बिरुवा काँट छाँटको चटारो

मुगुका स्याउ किसानहरू अहिले आ–आफ्नो स्याउ बगैँचामा रूख बिरुवा काँटछाँट गर्ने चटारोमा छन् । माघ÷फागुन महिनामा स्याउका बिरुवा काँटछाँट गर्ने उपयुक्त समय हो । यस समयमा बिरुवा काँटछाँट नगरे पछि स्याउ धेरै फल्ने, साना दाना लाग्ने र धेरै फल झर्ने भएको हुनाले त्यस्तो हुन बाट बचाउनको लागि स्याउ कृषकहरू बगैँचाका रूख, बिरुवा काँटछाँटमा व्यस्त देखिएका […]

मुगुका किसानलाई स्याउका बिरुवा लगाउन चटारो

स्याउका नयाँ बिरुवा लगाउनका लागि खाडल खन्न र पुराना बिरुवालाई काँटछाँट गर्न यहाँका कृषकलाई चटारो छ । जिल्लाका छाँयानाथ रारा नगरपालिका,खत्याड र सोरु गाउँपालिकामा चालु आर्थिक वर्षमा ८३ हेक्टर जमिनमा नयाँ बिरुवा लगाइने छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मुगुमार्फत ६० हेक्टर र कृषि कार्यालयमार्फत २३ हेक्टर जमिनमा कृषकले बिरुवा लगाउन तथा काँटछाँटको […]

स्याउ उत्पादनमा कमी

मुगुको स्याउ उत्पादन पकेट क्षेत्र मनिने छायानाथ रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँपालिका भित्रका किसानको स्याउ उत्पादनमा ह्रास आएको छ । स्याउ उत्पादनमा कमी आए पनि सरकारले कृषकलाई दिएको अनुदान र बीमा रकम पाएपछि कृषक हर्षित बनेका छन् । समयमै वर्षा नभएको, वर्षा हुँदा पनि आवश्यकता भन्दाबढी असिना र पानी परेकाले यो वर्ष स्याउ उत्पादनमा […]

कुहिएर जान्थ्यो स्याउ, कर्णाली राजमार्ग वरदान भयो

जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ७ का ५७ वर्षीय भुवन खत्री व्यावसायिक स्याउ खेतीमा लागेका पुराना किसान हुन् । उनले भारतको जम्मु–काश्मिरबाट स्याउका बिरुवा ल्याएर जुम्लामा यसको खेती थालेका थिए । तत्कालीन महत गाविसका किसान पदमबहादुर महतको बगैंचामा परीक्षण गर्दा स्याउको उत्पादन राम्रो भएपछि स्याउ खेती गर्न थालिएको खत्री बताउँछन् । ४ हजार बिरुवा अझै […]

किसानका बगैँचामा पुगेर स्याउ व्यवस्थापनबारे जानकारी दिँदै कृषि प्रविधिक

जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा बगैँचा व्यवस्थापन गर्नका लागि कृषि विकास कार्यालयका कृषि प्रविधिक बगैँचामा पुगेर किसानलाई जानकारी दिनेदेखि सिकाउनमा लागि परेका छन् । कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा यहाँको तिला गाउँपालिका–१ का स्याउ किसानका बगैँचामा पुगेर बगैँचा काँटछाँट तथा स्याउ व्यवस्थापनबारे जानकारी किसानलाई दिने गरेको कृषि विकास कार्यालयका कृषि […]

किसानको स्याउ बगैँचामा पुग्दै कृषि प्राविधिक

जुम्लामा स्याउ बगैँचाको व्यवस्थापन तथा विरुवा काँटछाँट गर्न सिकाउने उदेश्यले कृषि प्राविधिक किसानको स्याउ बगैँचामा पुगेका छन्। बगैँचामै पुगेर उनीहरुले स्याउको उत्पादन बृद्धि गर्नको लागि बगैँचा व्यवस्थापन र काँटछाँटमा ध्यान पुर्याउनको लागि आग्रह गरेका हुन्। जिल्ला कृषि विकास कार्यालय जुम्लाले कार्य क्षेत्रभित्रका अधिकांस किसानको बगैँचामै पुगेर स्याउ बगैँचाको व्यवस्थापन गर्न सिकाउन थालेको हो। कृषि विकास […]