१२ वर्षको उमेरमै जुम्ला देखि जहाजमा स्याउ पठाउन्थे रोकाया


१२ वर्षको बालकले जुम्लाबाट जहाजमा स्याउ चार्टर गरेर नेपालगंञ्जको सहरमा बेच्न लिएको सुन्दा अचम्म लाग्न सक्छ । तर जुम्लाको चन्दननाथ नगरपालिका–४ कार्कीवाडाका दिलबहादुर रोकायाले २०४६ सालमा १२ वर्षको उमेरमै १५ क्विन्टल स्याउ जहाजमा चार्टर गरेर नेपालगञ्ज लगेका थिए । विमानस्थलमा उनले स्याउ चार्टर गरेर लैजाँदा यात्रुदेखि हेर्नेहरु समेत अचम्मित हुन्थे।सानै उमेरमा बगैंचामै पुगेर स्याउ खरिद गरेर जहाजमा लैजाने बिषय चानचुने थिएन ।

तर उनले चिसोको स्याउ लिएर गर्मीको सहर नेपालगञ्जमा बेचे । २०४५ सालमा फपाजु नाता पर्ने एक व्यवसायीसँग स्याउ लिएर गएका दिलबहादुरले स्याउको बजार र मुल्य सबै थाहा पाएका थिए । जसले गर्दा पनि उनलाई स्याउ चार्टर गरेर लैजान सहज थियो । तैपनि समाजले उनलाई पत्याउन सकेको थिएन ।परिवारमा उनी निकै सोझो सन्तान थिए । उनको सोझोपनका कारण भविष्यमा केही गर्न नसक्ने भन्दै घरपरिवार, छिमेकी, आफन्तहरुले समेत विश्वास मान्दैनथे ।

स्याउ जहाजमा बजारसम्म लैजान उनले निकै चुनौतीसामु लड्नुपर्ने भयो । फुपाजुले पहिलो पटक एक लाख ऋण निकालेर दिलबहादुरको हातमा थमाए । स्याउ संकलनदेखि खरिदसम्म आफैँ गरेर विमानस्थल सम्म आफैँले पु¥याए । पहिलो प्रयासमै उनले ४० हजार नाफा कमाए।स्याउ चार्टर गरेर लैजाने सुनेका परिवारले पत्याएनन् ।

घरमा उनी निकै कम बोल्ने भएकोले परिवार चिन्तित थियो । उतिबेला जुम्लामै स्याउको मुल्य प्रतिकेजी डेढ रुपैयाँ मात्र थियो । २०४५ सालमा फुपाजु नाता पर्नेसँग स्याउ लिएका दिलबहादुरले २०४६ सालमा आफैँ जहाज चार्टर गरेर नेपालगञ्ज पु¥याएका थिए ।उनले नेपालगञ्ज स्थित प्रेमलाल मण्डिवालालाई होलसेलमा स्याउ बेचेका थिए । प्रतिकेजी १२ रुपैयाँमा स्याउ दिएको अहिले सम्म दिलबहादुरको मानसपटलमा ताजै छ । त्यतिबेला जुम्लामा निकुन एयर, एयरवेज, यति र नेपाल एयरलाइन्सको जहाज चलिरहेका थिए । पहिलो वर्षमै तीन उडान जहाजमा स्याउ लगेका दिलबहादुरले २९ वर्षसम्म नियमित स्याउ लिइरहे ।

उनले स्याउ बेचेरै करोडौंको सम्पती जोडेका छन्।उनी विमानस्थलमा स्याउ चार्टर गरेर लैजाँदाको दृश्यले सबैजसो दंग परिरहेका हुन्थे । उनका दौतरीहरु अहिले पनि उनको संघर्षको कथा सुन्दा चकित हुने गरेका छन् । पहिलो वर्षमै ४० हजार रुपैयाकक कमाएका उनी पछिल्लो समयमा किसानको बगैंचामा पुगेर स्याउ लिन थाले । गाइबस्तुलाई दाना बनाउने र खाडल खनेर भण्डारण गर्ने अवस्थामा उनले स्याउ खरिद गरेर लिइएका थिए ।उनको कमाईले वर्षभरिको खर्च टरिरहेको हुन्थ्यो । उसो त २०५८ सालमा उनले सरकारबाट अनुदानभाडा मात्र ५ लाख बुझेका थिए । स्याउ बेचेर मनग्गे आम्दानी गरिरहेका उनले २०५८ सालदेखि हलिकप्टर चार्टरमा उडाउन थाले । उनी स्याउ पठाउने र दैनिक उपभोग्यका सामानहरु ल्याउने कार्यमा अग्रसर भए ।

सुर्खेत एक लाख ४० हजार र नेपालगञ्जसम्म १ लाख ६० हजारमा हेलिकर्टर चार्टर गर्न सकिन्थ्यो । दैनिक ४ भन्दा बढी उडान हुँदा उनको दैनिक कमाइ एक लाख रुपैयाँ हुन्थ्यो । उनले १५ उडान जति हेलिकप्टर र ४० उडान जति जहाजमा स्याउ लगेको याद अहिले पनि ताजै छ । स्याउ बेचेरै सानै उमेरमा उनले १५ हजार बर्गमिटर जतिको जग्गा जोडेका छन ।

जब कर्णाली राजमार्ग जोडियो त्यतिबेला देखि उनले स्याउ लैजान छोडे । छोरी बिएन द्रोसो वर्षमा पढ्छिन् । छोुरा आइटी पढ्ने तयारीमा छन् । कान्छो छोरी एसइइ दिएर बसेकी छन् । बुवा सहित ७ जनाको परिवार छ ।

सानो मान्छे एयरपोर्टमा स्याउ र मान्छे पठाइरहेको देख्दा हेर्नेहरु छक्क पर्दथे ।बच्चै देखि मेहनती भएको भन्दै तारिफ गरिरहेका हुन्थे । हाँस्ने खेल्ने उमेरमा सबै संघर्ष जानिसकेका दिलबहादुर दसैंतिहारमा निको नौलो समय आफुले कमाएको पैसाले खुवाइरहेका हुन्थे ।

उनको बुवा राष्ट्रिय अनुसन्धान प्रहरीमा हुदै शिक्षकमा जागिरे थिए । दिलबहादुर एथ्लेटिक्सको राम्रो खेलाडी हुन् । उनले स्याउको ब्यापारसंगै दौड अभ्यास गरिरहेका थिए । उनी मेहनतले मात्रै सफल भइन्छ भन्ने मान्यताले अघि बढ्ने भएकोले सबैले माया पनि गरिरहेका हुन्थे । उनी अहिले पनि ब्यापार व्यवसायमा छन् ।

१२ वर्षको उमेरमै जुम्ला देखि जहाजमा स्याउ पठाउन्थे रोकाया

जुम्लाकी राज्यलक्ष्मी र मुगुका अक्कलले हात पारे

१२ वर्षको उमेरमै जुम्ला देखि जहाजमा स्याउ पठाउन्थे रोकाया

पेट्रोलियम पदार्थ अन्वेषण : दर्जनौ कामदार उत्खननमा