जुम्लाकी राज्यलक्ष्मी र मुगुका अक्कलले हात पारे ःचौथो रारा ट्रेल रनको उपाधी

हिमाली मुगु जिल्लाको रारातालमा सुरु भएको चौथो रारा ट्रेल सेन्टरको उपाधि जुम्लाकी राज्यलक्ष्मी रावल र मुगुका अक्कल बडुवालले हात पारेका छन् । पुरुषतर्फ बडुवाल र महिलातर्फ रावल बिजयी बनेका हुन् । रारातालको सौन्दर्यताको प्रचारप्रसारको लागि नेपाली सेनाले चार बर्षदेखि रारा ट्रेल रनको आयोजना गर्दै आइरहेको छ ।

हनुमानध्वज गुल्मका अनुसार रारा ट्रेल रनमा महिला र पुरुष गरेर १ सय ९४ जनाले सहभागिता जनाएका थिए ।एक सय ६९ जना धावकलाई पछि पार्दै छायानाथ रारा नगरपालिका–१४ का अक्कल बडुवाल पहिलो बनेका हुन् । उनले १६ किलोमिटरको दुरी एक घण्टा २ मिनेट १० सेकेण्डमा पार गरे । जुम्ला कनकासुन्दरी गाउँपालिका –३ का शेरबहादुर बुढाले १ घण्टा २ मिनेट ११ सेकेण्ड दोस्रो र कनकासुन्दरी –२ जुम्लाकै चन्द्र रावतले १ घण्टा २ मिनेट २१ सेकेण्ड लगाएर तृतीय स्थान हासिल गरेका थिए ।३५ जना धाविकालाई पछि पार्दै जुम्ला गुठिचौर गाउँपालिका– ३ गज्याङ्गकोट गाउँकी राज्यलक्ष्मी रावल प्रथम भइन् ।

उनले निर्धारित दुरी १ घण्टा १४ मिनेट ३३ सेकेन्डमा पार गरिन् । जुम्ला पातारासी गाउँपालिका– २ पेरेकी कल्पना बुढाले १ घण्टा १४ मिनेट ५२ सेकेण्ड द्वितीय र जुम्लाकै समिता बुढाले १ घण्टा १६ मिनेट ३१ सेकेण्ड लगाएर तेस्रो स्थान पक्का गरिन् ।

ट्रेल रनमा प्रथम,द्वितीय र तृतिय स्थान प्राप्त गर्ने महिला तथा पुरुषतर्फका विजेता खेलाडीहरुलाई जनही क्रमशः ५० हजार,४० हजार,३० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाण पत्र वितरण गरिएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी,छायानाथ रारा नगरपालिकाका कार्यबहाक प्रमुख पदमराज मल्ल,जुम्ला हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाही र नेपाली सेना उत्तर पश्चिम पृथना उपरथी कृष्णदेव भट्टले पुरस्कार,प्रमाण पत्र र ट्रफी प्रदान गरेका थिए ।

रारा ट्रेल रनमा ५१ वर्षका राजाराम बुढा देखि १५ वर्षका दीपेन्द्र रावलसम्मले भाग लिएका थिए । प्रमुख जिल्ला अधिकारी केसीले रारा ट्रेल रनले कर्णाली प्राकृतिक सुन्दरताले मात्रै भरिपूर्ण नभइ खेल पर्यटनका हिसाबले पनि अनुकुल भएको सन्देश फैलाइरहेकोमा जोड दिए ।

जुम्लाकी राज्यलक्ष्मी र मुगुका अक्कलले हात पारे ःचौथो रारा ट्रेल रनको उपाधी

YUGAAWHAN NATIONAL DAILY (2081-02-18)

जुम्लाकी राज्यलक्ष्मी र मुगुका अक्कलले हात पारे ःचौथो रारा ट्रेल रनको उपाधी

१२ वर्षको उमेरमै जुम्ला देखि जहाजमा स्याउ