सुर्खेत, १६ बैशाख ।
उच्च अदालत सुर्खेतको न्यायाधीशमा जितेन्द्र थपलिया सिफारिस भएका छन् । मंगलबार बसेको न्याय परिषद् बैठकले थपलियालाई उच्च अदालतको जुम्ला इजलासमा न्यायाधीश पदमा नियुक्त तथा पदस्थापनका लागि सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि उनी न्याय परिषदको सचिवमा कार्यरत थिए