उर्थुका स्याउ फुलेर बगैंचा सेताम्मे


हिमाली जिल्ला जुम्लाको वातावरण यतिबेला अति नै रमणीय देखिन्छ । जिल्लैभरि रहेका बगैँचामा स्याउका बोट फुलेर सेताम्मे भएपछि जुम्लाको वातावरण रोमाञ्चक देखिएको हो । जुम्ला स्वादिलो स्याउ पाइने जिल्लाका रुपले प्रख्यात छ ।

त्यो स्वादिलो स्याउ फल्ने बोटका बगैँचाहरुमा फूल फुलेर अहिले सेताम्य भएको छ । चैत– वैशाखमा स्याउ फुल्ने र स्याउ भदौमा पाक्ने गर्छ । स्याउ भदौ महिनामा पाकेपछि बगैँचा राताम्मे देखिन्छन् । जुम्लाको स्याउको इतिहास विसं २०२२ देखि शुरु भएको हो । जुम्लामा विसं २०२२ मा केही व्यक्तिले भारतको कस्मिरबाट स्याउका बिरुवा ल्याएर रोपेपछि शुरु भएको स्याउ खेती अहिले जिल्लाभरि फैलिएको छ ।

स्याउ खेतीको विस्तारका लागि तत्कालीन सरकारले पनि सघाएको थियो । विसं २०३२ मा रानी ऐश्वर्यको जुम्ला भ्रमण भएपछि जुम्लाको चन्दननाथ नगरपालिका–१० (तत्कालीन कार्तिकस्वामी गाउँ पञ्चायत) को गैरागाउँँमा स्याउको वागबानी केन्द्र स्थापना भएको थियो ।

उक्त बागवानी केन्द्रमा विसं २०३४ मा स्याउका बिरुवा उत्पादन गर्दै जिल्लाका केही स्थानमा किसानले नमूनाका रूपमा स्याउखेती शुरु गरेको जुम्लाको स्याउको इतिहास भेटिन्छ । जुम्लाको एक मात्र चन्दननाथ नगरपालिका लगायत अन्य ७ वटा गाउँपालिकाका र ६० वटै वडामा स्याउ खेती भइरहेको छ । जुम्लामा गोेल्डेन डेलिसेस, रेड डेलिसेस, रोयल डेलिसेस, जोनाथान, कक्स ओरेन्ज टिपिन, म्याकन्ज, इटालिएन फुजी र गाला लगायत जातका स्याउ फल्ने गरेको कृषि विज्ञहरु बताउँछन् ।

जुम्लाको स्याउले काठमाडौँ, पोखरा,सुर्खेत,नेपालगन्ज,बुटवल, चितवन लगायत देशका ठूला सहरहरुमा पनि निकै आकर्षक बजार लिएको छ । जिल्ला कृषि विकास कार्यालयले ‘एक घर एक बगैंचा’ कार्यक्रम निति लिएपछि बिरुवा वितरण, काँटछाँट र प्राविधिक सहयोग भइरहेको छ, भने स्याउ खेतीको विकास भइरहेको छ ।

अहिले जिल्लाबाहिर स्याउको माग पनि बढ्दै गएको छ । भने जुम्ली स्याउ पाए भने मन नपराउने भने कोही नेपाली छैनन् । दशक अघिदेखि सुर्खेत–जुम्ला–कर्णाली राजमार्गले जोडिएपछि यहाँका किसान स्याउ खेतीतर्फ आकर्षित छन् । पछिल्लो समय कर्णाली राजमार्ग कालोपत्रे पश्चात् बाहिर सजिलै निर्यात हुने भएकाले पनि जुम्ली किसानको आकर्षण स्याउ खेतीमा देखिन्छ् । जुम्लाको सदरमुकाम खलंगाबाट हिँडेर डेढ घण्टामा पुगिन्छ,सवारीसाधनमा १५ देखि २० मिनेटमा पातारासी गाउँपालिका–६ मा रहेको उर्थु गाउँ पुगिन्छ।उर्थु गाउँ वरिपरिका बगैंचा अहिले फुलेर सेताम्मे छन्। जुम्लाको पातारासी– ६ उर्थु गाउँकी बिनिता बिष्टले १२ वर्षदेखि स्याउखेतीमा लागेको सुनाउछिन् ।

उनी स्याउ बगैंचामा ३ सय स्याउका बोट हेरचाह गरिरहेको बताउँछिन्, ‘सबैले फल दिन्छन् ।’ वार्षिक स्याउ बेचेर उनले न्यूनतम ४ देखि ६ लाख आम्दानी गर्छिन् । स्याउ राम्मो फलाउनु पड्यो । किन्ने व्यापारी गाउँमै पुग्दा छुन् । बेइन (बेच्न) केही समस्या नाईं । कहिलेकाहीं स्याउ फल्दैन र उचाट (उदेक) लाग्दो छ,’ स्याउ किसान बिष्टले भनिन् ।

असिना र कालो तुसारो र खडेरीले सताउँछ । उर्थु गाउँमा स्याउको आम्दानी लिने उनी एक्ली छैनन् । सोही गाउँका शेरबहादुर भण्डारी स्याउ बेचेर वार्षिक ९ देखि ११ लाख रुपैयाँ कमाउँछन् । उनको १ हजार दुई सय विरुवा बर्सेनि फल्छन् । बिनिता र शेरबहादुर जस्तै उर्थुका १ सय १० घरपरिवार स्याउ खेतीले आत्मनिर्भर छन् ।

‘स्याउ राम्मो फलाउनु पड्यो । किन्ने व्यापारी गाउँमै पुग्दा छुन् । बेइन (बेच्न) केही समस्या नाईं । कहिलेकाहीं स्याउ फल्दैन र उचाट (उदेक) लाग्दो छ,’ स्याउ किसान पूजा बिष्टले भनिन् । स्याउ खेती नै किसानको आम्दानीको मुख्य स्रोत भएको पातारासी गाउँपालिका–६ का वडा अध्यक्ष कर्मबहादुर बिष्टले बताए । जुम्लामा झन्डै १६ हजार स्याउ बगैँचा छन् ।

यहाँका १८ हजार घरधुरीमध्ये करिब १६ हजार घरका स्याउ बगैँचा स्थापना भएको कृषि कार्यालयले जनाएको छ । कृषि विकास कार्यालयका अनुसार अहिले ४ हजार २ सय ५० हेक्टर जमिनमा स्याउ हुन्छ।जसमध्ये ३ हजार हेक्टरमा लगाएको स्याउले फल दिइरहेको छ । हरेक वर्ष जुम्लामा स्याउ उत्पादन बढ्दै गएको छ ।’

उर्थुका स्याउ फुलेर बगैंचा सेताम्मे

YUGAAWHAN NATIONAL DAILY (2081-01-10)

उर्थुका स्याउ फुलेर बगैंचा सेताम्मे

तीन स्थानीय तहका पाँच विद्यालयमा भूकम्प प्रतिरोधी