अर्धवार्षिक लक्ष्य चुक्यो : आन्तरिक राजश्व कार्यालय जुम्लालाई वार्षिक लक्ष्य भेटाउन चुनौती

जुम्ला ,९ माघ। आन्तरिक राजश्व कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक राजश्व सङ्कलन लक्ष्य पूरा गर्न सकेको छैन। साउनदेखि पुष मसान्तसम्म २० करोड १३ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको कार्यालयले हालसम्म १५ करोड ९८ लाख मात्र असुली गरेको छ, जसअनुसार ३ करोड ११ लाख रुपैयाँ लक्ष्यभन्दा कम सङ्कलन भएको हो। जुम्ला, कालिकोट […]

आठौँ उपमेयर छात्रा कपको उपाधिका लागि बालशिक्षा र त्रिभुवन भिड्ने

बाँके,९ माघ। बाल शिक्षा माध्यमिक विद्यालय भरैया र त्रिभुवन माध्यमिक विद्यालय उपमेयर छात्रा कप अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । कोहलपुरस्थित कोहलपुर क्रिकेट मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा शुत्रबार दुई खेल भएका थिए । सेमिफाइनल समीकरणको पहिलो खेलमा लक्ष्मी माविलाई हराउँदै बाल शिक्षा मावि र सगरमाथा ज्ञानपुञ्ज स्कुललाई हराउँदै त्रिभुवन माध्यमिक विद्यालय […]

नेपालगञ्ज भन्सारको ६ महिनामा ९ अर्ब ३४ करोड राजस्व सङ्कलन, लक्ष्यभन्दा अझै पछाडि

९, माघ २०८२ बाँके ।नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा रु ९ अर्ब ३४ करोड ६४ लाख राजस्व सङ्कलन गरेको छ । साउनदेखि पुससम्मको अवधिमा वार्षिक लक्ष्यको ३८.०८ प्रतिशत मात्रै राजस्व उठेको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ । सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार चालु आर्थिक वर्षका लागि भन्सारले रु २४ […]

भिरबाट लडेर युवकको मृत्यु

गाेल्डेन बुढा जुम्ला,९ माघ। जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ स्थित हाटसिँजा गडडाँडाको भिरबाट लडेर एक युवकको मृत्यु भएको छ। दुर्गम भेगमा दैनिक जीविकोपार्जनका क्रममा हिँड्दा भएको दुर्घटनाले स्थानीयलाई शोकमा डुबाएको छ।गाउँपालिका–६ का वडाध्यक्ष प्रेम पछाईका अनुसार वडा नं–६ लाहर्ज स्थायी घर भएका ३२ वर्षीय चन्द्रसिंह सुनार बिहीबार वडा नं–१ बाट सिमीको भारी बोकेर घर फर्किँदै गर्दा गडडाँडाको […]

पोखरामा भलिबलको महाकुम्भ : छैटौँ टाइगर कपमा एनसेल मुख्य प्रायोजक

काठमाडौं ,९ माघ। खेलकुद विकास र युवा सशक्तीकरणमा आफ्नो योगदानलाई निरन्तरता दिँदै एनसेलले पोखरामा शुक्रबारदेखि सुरु हुन गइरहेको छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता २०८२ मा मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको छ। विगत पाँच वर्षदेखि निरन्तर आयोजना हुँदै आएको टाइगर कपमा एनसेल गत वर्ष पनि मुख्य प्रायोजक रहेको थियो। यस […]

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान

सुर्खेत,९ माघ। बर्खे अधिवशेन सकिएको ६ महिनापछि प्रदेश सभाको हिउँदे अधिवेशन बस्ने भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले माघ १८ गते प्रदेशसभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी २०८२ माघ १८ गते दिनको १ बजे कर्णाली प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय […]

शिक्षालाई व्यवहार र मूल्यसँग जोड्न जरुरीः मुख्यमन्त्री आचार्य

बाँके ,९ पुस। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षालाई पाठ्यपुस्तकमा सीमित नराखी जीवन, व्यवहार र मूल्यसँग जोड्न आवश्यक रहेको बताउनुभएको छ । वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै उहाँले गुणस्तरीय शिक्षामार्फत मात्र सीपयुक्त, जिम्मेवार र प्रतिस्पर्धी जनशक्ति तयार गर्न सकिने बताउनुभएको हो । मुख्यमन्त्री आचार्यले वसन्तपञ्चमी ज्ञान, चेतना, विवेक र […]

वसन्तपञ्चमीको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

बाँके ,९ माघ। लुम्बिनी प्रदेश सरकारले आज वसन्तपञ्चमी (श्रीपञ्चमी) को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लोकबहादुर सुनारका अनुसार आजका दिन प्रदेश सरकारअन्तर्गतका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था तथा शैक्षिक संस्थाहरूमा बिदा दिइएको हो। प्रदेश सरकारद्वारा २०८१ चैत २१ गते प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक सूचनाअनुसार वसन्तपञ्चमीको दिन सार्वजनिक बिदा […]

आठौँ उपमेयर छात्रा कप : भोलीदेखि सेमिफाइनलका खेल हुने

कोहलपुर ,८ माघ। जारी आठौँ उपमेयर छात्रा कप अन्तरमाध्यमिक विद्यालय क्रिकेट प्रतियोगितामा शुक्रबार सेमिफाइनलका खेल हुने भएका छन् । कोहलपुर नगर खेलकुद विकास समितिको सञ्चालन र व्यवस्थापनमा सञ्चालन भइरहेको प्रतियोगितामा शुक्रबार फाइनल प्रवेशका लागि दुई वटा खेल हुने भएका हुन् । प्रतियोगिता अन्तर्गत समूह चरण र क्वाटर फाइनल समीकरणका खेल जित्दै त्रिभुवन माध्यमिक विद्यालय, लक्ष्मी […]

घुयँत्राे:“नौलाे गाईलाई नौ पुला घाँस : जुम्ला फर्किए ज्ञानेन्द्र, कर्नाली फेरि आशामै अल्झियो !”

संसदलाई बहसमा उतार्ने र सरकारलाई खबरदारी गरेका सदनका लागि आबस्यक मान्छे मध्ये ज्ञानेन्द्र शाहि पनि एक हुन । त्यसैले ज्ञानेन्द्र शाहिले चुनाब जिताेस भन्ने कुरा ऐले भष्टाचारका विरुद्धमा धारणा बनाउनेे हरेकले चाहन्छन । त्यसैले पनि उनी सुरक्षित ठाउँबाट चुनाब लडून भन्ने कर्नालिबासीकाे चाहना हाे ।तर, मनाेनयन दर्ता अघिसम्म नेपाल अधिराज्यमै सबैभन्दा कमजाेर रहेकाे राप्रपा सुर्खेतलाई […]

कर्णालीका ४ सय ४१ मतदान केन्द्र अति संवेदनशील

गाेल्डेन बुढा जुम्ला,८ मााघ। आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा कर्णाली प्रदेशबाट दश लाख ३७ हजार मतदाताले भाग लिने भएका छन् ।कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईएका अनुसार फागुन २० गतेसम्म १८ वर्ष पुरा हुने सहितलाई जोडेर कुल मतदाता संख्या दश लाख ३७ हजार दुई सय ५० पुगेको हो। जुन २०७९ […]

राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिक उत्सवमा सुर्खेतमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सुर्खेत ,८ माघ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१औँ वार्षिक उत्सवको अवसरमा कर्णाली प्रादेशिक कार्यालय सुर्खेतद्वारा आयोजित वित्तीय साक्षरता कार्यक्रम बराहताल गाउँपालिका वडा नम्बर ५ स्थित श्री जनज्योति माध्यमिक विद्यालय, बड्डिचौरमा सम्पन्न भएको छ। कार्यक्रम राष्ट्रिय वाणिज्य बैंक कर्णाली प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक दुष्यन्त राज निरौलाको प्रमुख उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक कमलराज […]

नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी माघ १४ देखि

बाँके,८ माघ । महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सामग्रीको बजारीकरण, प्रचार–प्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनीको तयारी तीव्र पारिएको छ। महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा हुने प्रदर्शनी यही माघ १४ देखि १८ गतेसम्म सञ्चालन हुनेछ। महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष आयोजना गर्दै आएको यस […]