निर्वाचन ४० दिन बाँकीः  समानुपातिकतर्फको ५० लाख मतपत्र छपाई गर्न बाँकी

काठमाडौँ, १० माघ ।  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख थान मतपत्र छपाइ भइसकेको जनाएको छ । मतपत्र छपाइकार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु भएको थियो । अब ५० लाख थान मतपत्र छाप्न बाँकी रहेको छ । समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न भए लगत्तै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र […]

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामाकरण

कञ्चनपुर, १० माघ ।  प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएका अवस्थामा मृत्यु भएका कञ्चनपुरका  विपिन जोशीको स्मृतिमा भीमदत्त नगरपालिकाले ‘विपिन चोक’ नामाकरण गरेको छ । मृतक विपिनको घर जाने सडक पूर्वपश्चिम राजमार्ग र ब्रह्मदेव लिङ्क सडकको मुख्य चोकको नाम विपिन जोशी चोक नामाकरण गरिएको हो । भीमदत्तनगर कार्यपालिकाको निर्णयपछि नगरपालिका र वडा कार्यालयले शुक्रवार औपचारिक […]

हुम्लामा हिमपात, जनजीवन प्रभावित 

हुम्ला, १० माघ ।  हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको हुम्लामा वर्षाभएसँगै यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेको हो । निकै लामो सम हिउँ नपर्दा चिन्तित भएका किसान हिउँ पर्न थाले पछि खुशी भएका छन् । हुम्लाको तल्लो क्षेत्रमा भने वर्षा भइरहेको छ । जिल्लाको तल्लो क्षेत्रमा धैरै पानी वरपरे पश्चात् […]

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगन्ज, १० माघ ।  बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ ।  चालू आर्थिक वर्षको छ महिनामा थप ८६ जना नयाँ कुष्ठरोगी पहिचान भएका छन् । साउनदेखि पुस महिनासम्म ५७ जना पुरुष र २९ जना महिला गरी ८६ जना कुष्ठरोगी पहिचान भएको जानकी गाउँपालिका–३ स्थित साइनिङ अस्पताल आइएनएफ बाँकेले जनाएको छ । साइनिङ […]

निर्वाचनका लागि बैङ्क खाता खोल्ने व्यवस्था गरिदिन आयोगको केन्द्रीय बैङ्कलाई पत्राचार

काठमाडौँ, १० माघ ।  निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैङ्कले आग्रह गरेको छ । आयोगले केन्द्रीय बैङ्कलाई पत्राचार गर्दै उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गदौ बैङ्क खातामार्फत गर्न र  निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने व्यवस्था भएकाले खाता सञ्चालन गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो । प्रतिनिधिसभा सदस्य […]

जुम्लामा चालु आवको पाँच महिनामा पुँजीगत खर्च न्यून 

जुम्ला, १० माघ । जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक वर्ष (आव)को प्रथम पाँच महिना साउनदेखि मङ्सिरसम्म ९ दशमलव ४ प्रतिशतमात्र पुँजीगत बजेटको खर्च भएको छ । प्रदेश लेखा नियन्त्रण इकाइ कार्यालय जुम्लाका लेखा अधिकृत मुनबहादुर रावलका अनुसार समीक्षा अवधिमा चालुतर्फ कुल बजेटको पाँच महिना अवधिमा १५ दशमलव १९ प्रतिशत खर्च भएको […]

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

काठमाडौँ, १० माघ ।  प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता, उपलब्धि र प्रयासलाई विश्वमै उदाहरणीय कार्यकारूपमा हेरिने गरिएको छ । वि.सं. २०३० मा पहिलो राष्ट्रिय निकुञ्जका रूपमा चितवन राष्ट्रिय निकुञ्जको स्थापना भएपछि विसं २०३२ देखि नेपाली सेना औपचारिक रूपमा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ हुँदै आएको छ । पाँच दशकको अवधिमा सेनाको असरदार कार्य […]

हिउँसँगै फर्कियो भरोसा

गाेल्डेन बुढा जुम्ला,१० माघ। शनिबार बिहान जुम्लाका डाँडाकाँडा सेताम्मे हुँदा धेरै किसानका अनुहारमा भने लामो समयपछि मुस्कान फर्किएको थियो। वर्षौंदेखि खडेरी, असिनापानी र अनियमित मौसमसँग जुध्दै आएका किसानका लागि यो हिमपात केवल चिसोको आगमन मात्र थिएन, आशाको संकेत पनि थियो।पछिल्ला केही वर्षयता जुम्लाका लेकाली भूभागमा छिटपुट हिमपात भए पनि तल्लो भेगमा हिउँको सट्टा वर्षा हुँदै […]

लुम्बिनी प्रदेशसभाको दोस्रो बैठक माघ १३ मा, दुई विधेयकमाथि छलफल हुने

दाङ ,१० माघ। लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत दोस्रो बैठक माघ १३ गते मङ्गलबार दिउँसो १ बजे बस्ने भएको छ । सभामुखको निर्देशानुसार बैठकको समय निर्धारण गरिएको हो । प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार बैठकमा हालसम्म दर्ता भएका दुईवटा विधेयकमाथि छलफल हुने सम्भावना छ । कार्य व्यवस्था परामर्श समितिले निर्धारण गरेको कार्यसूचीअनुसार बैठक सञ्चालन हुने […]

सुर्खेतमा ३२ जना जेनजी युवाहरु एमालेमा प्रवेश

सुर्खेत ,१० माघ। सुर्खेतको वीरेन्द्रनगरमा ३२ जना जेनजी उमेर समूहका युवाहरु नेकपा (एमाले)मा प्रवेश गरेका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा सुर्खेतका ३२ जना युवाहरू एमालेमा प्रवेश गरेका हुन् । उनीहरूलाई एमाले केन्द्रीय सदस्य महोनमया ढकाल, एमाले जिल्ला कमिटी सुर्खेत अध्यक्ष तथा सुर्खेत क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कुलमणि देवकोटा लगायतका नेताहरूले पार्टीमा […]

राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सव कालिकोटमा भव्य रूपमा सम्पन्न ,७ जना सेवाग्राही सम्मानित

कालिकाेट,१० माघ। राष्ट्रिय वाणिज्य बैंकले देशभर माघ १० गते आफ्नो ६१औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाइरहेको छ। सोही अवसरमा राष्ट्रिय वाणिज्य बैंक शाखा मान्म (४१२) ले पनि कालिकोटमा वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। वार्षिकोत्सव कार्यक्रममा शाखा कार्यालय मान्मले आफ्ना ग्राहकहरूमध्ये बैंकमा सबैभन्दा बढी आउने, नियमित रूपमा सेवा लिने तथा कारोबार उत्कृष्ट गर्ने व्यवसायी तथा […]

दाबी ठुलाे जित शुन्य: एमाले

गाेल्डेन बुढा जुम्ला,१० माघ। कर्णालीमा आफूलाई “जनताको पहिलो रोजाइ” ठान्ने नेकपा एमालेका लागि जुम्ला २०५६ सालदेखि चुनाव हार्नुपर्ने अवस्था बनेको छ।चुनाव आउँदा एमाले जुम्लामा आशा बोकेर प्रवेश गर्छ, मतगणना सकिँदा फेरि हारको बोझ बोकेर फर्किन्छ । कहिले उपविजेताको सान्त्वना चाट्छ, कहिले तेस्रो स्थानमै थन्किएर ‘स्थिति राम्रो थियो’ भन्ने आत्मधोका बाँड्छ । जित भने एमालेका लागि […]

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, फसेका गाडी र यात्रुको उद्धार हुँदै

रुकुम (पूर्व) ,१० माघ। रुकुम (पूर्व)मा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जानकारी दिएको छ ।लोकमार्ग अवरुद्ध हुँदा सवारीसाधन वारपार गर्न सकिरहेका छैनन् । यस खण्डमा काठमाडौंबाट छुटेका बसहरू फसेको खबर आएसँगै इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षक हिमराज विकको नेतृत्वमा […]