समानुपातिकबाट हटाइएकी टासी ल्हाजोम: हुम्लाबाट प्रत्यक्ष उम्मेदवार, जलवायु संकटको आवाज संसदसम्म लैजाने अठोट

हुम्ला ,८ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा जलवायु अभियन्ता टासी ल्हाजोम हुम्लाबाट प्रतिनिधि सभा सदस्य पदमा प्रत्यक्ष उम्मेदवार बनेकी छन्। पार्टीको समानुपातिक बन्दसूचीबाट नाम हटाइएपछि उनले फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएकी हुन्। समानुपातिक सूचीबाट हटाइएपछि पार्टी नेतृत्वको निर्णयविरुद्ध हुम्लाका कार्यकर्ताहरू आन्दोलित बनेका थिए। उनलाई प्रत्यक्ष उम्मेदवार बनाउन […]

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न सिसिआर कर्णालीको अपिल

कर्णाली ,८ माघ। आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको समग्र प्रक्रिया सुरु भएसँगै निर्वाचन गतिविधिमा बालबालिकाको प्रयोग हुनसक्ने जोखिमप्रति बालअधिकारको क्षेत्रमा क्रियाशील नागरिक समाज संस्थाहरूको सञ्जाल सिसिआर कर्णालीले गम्भीर ध्यानाकर्षण गराउँदै सम्पूर्ण राजनीतिक दल, दलगत संगठन तथा स्वतन्त्र उम्मेदवारलाई सचेत र संयमित रहन हार्दिक अपिल गरेको छ। सिसिआर कर्णालीले लोकतान्त्रिक अभ्यासलाई मर्यादित, निष्पक्ष र […]

लगातार दुई आर्थिक वर्ष बजेट ल्याउन नपाएका ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौँ, ८ माघ ।  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटका लागि मङ्गलबार मनोनयन दर्ता भइसकेको छ । ती पदका लागि देशभरबाट तीन हजार ४०० भन्दा बढी व्यक्तिले उम्मेदवारी दिएका छन् । विभिन्न राजनीतिक दलको चुनाव चिह्नमा निर्वाचन लड्नेदेखि स्वतन्त्र उम्मेदवारी दिने र लामो राजनीतिक पृष्ठभूमि तथा संसदीय अभ्यासमा घुलेकादेखि […]

पार्टीबाट पेलिएपछि युवा नेता भुपेन्द्रजंग शाहीको स्वतन्त्र उम्मेदवारी

हस्त चाैलागाँइ कालिकाेट,८ माघ। नेपाली कांग्रेसभित्र निरन्तर उपेक्षा र दबाबमा परेपछि युवा नेता भुपेन्द्रजंग शाहीले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। पार्टीभित्र लामो समय योगदान दिए पनि न्याय नपाएको निष्कर्षसहित शाही चुनावी मैदानमा उत्रिएका हुन्। नेपाल तरुण दलका महामन्त्रीसमेत रहेका शाहीले विद्यार्थी राजनीतिबाट यात्रा सुरु गर्दै संगठन निर्माण, आन्दोलन र चुनावी […]

हुम्लाको विकास सूचक र भविष्य

डा .दीपेन्द्र रोकाया प्रचुर प्राकृतिक सम्पदा भएको तर राज्यको उपेक्षा र पहुँचको अभावले विकासको सम्भावनालाई थिचिराखेको हिमाली जिल्ला हो हुम्ला । तर सन् २००१, २०११ र २०२१ का प्रमुख सामाजिक–आर्थिक सूचकहरूले हुम्ला पछिल्ला दुई दशकमा क्रमिक रुपमा रूपान्तरण भइरहेको देखिन्छ । शिक्षा, स्वास्थ्य, जनसाङ्ख्यिकी र आधारभूत पूर्वाधारमा देखिएको सुधारले त्यो सम्भावना देखाएको हो । यसलाई […]

करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

काठमाडौँ, ८ माघ । चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल रु १० खर्ब ८१ अर्ब चार करोड बराबरको वैदेशिक व्यापार गर्दा रु सात खर्ब ९७ अर्ब ४८ लाख बराबरको घाटा व्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत पुस मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष […]

हिमपात नहुँदा हुम्लाका कृषक चिन्तित 

हुम्ला, ८ माघ ।  हुम्लामा हिमपात नहुँदा किसान चिन्तित बनेका छन् । विगतका वर्षहरूमा मङ्सिर, पुस र माघ महिनामा बाक्लो हिमपात हुने गर्दथ्यो ।  यसवर्ष माघ महिनाको पहिलो साता हुँदा पनि हिमपात हुन नसकेको हो । लामो समयसम्म हिमपात नहुँदा खडेरी हुने होकी भन्ने चिन्तामा यहाँका किसान छन् । माघ महिनाको पहिलो सातासम्म हिमपात नहुँदा […]

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौँ, ८ माघ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर निर्वाचन आयोगले विगतमा जस्तै यस पटक पनि ‘कल सेन्टर’ स्थापना गरेको छ । आयोगको कार्यालय, कान्तिपथमा सञ्चालित कल सेन्टरबाट निर्वाचनसँग सम्बन्धित मतदाता, नागरिक र सरोकार भएकाको जिज्ञासा सुनुवाइ गरिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । छ वटा डेस्क रहेको उक्त […]

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौँ, ८ माघ ।  पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ । सुर्खेतदेखि अमेरिकासम्मको यात्रा, सङ्घर्ष र सपनाको गन्तव्य पछ्याउन प्रेरित गर्ने उनको नियात्रा तथा स्मृतिसङ्ग्रह ‘घाटगाउँ’ मङ्गलबार विमोचन भएको हो । काठमाडौँको चियासागरमा पत्रकार तथा लेखक विवेकले आफ्ना साथी तथा पूर्वसहकर्मीका साथमा ‘घाटगाउँ’ पुस्तक सार्वजनिक गरे । सुर्खेतको चौकुने गाउँपालिका–९ घाटगाउँमा जन्मिएका […]

बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

बैतडी, ८ माघ ।  बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखीएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा दृष्टिकोणले १२९ मध्ये ३३ वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको हो । जिल्ला सुरक्षा समितिले अवस्था हेरेर अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए […]

विकासका विषय लिएर उम्मेदवार चुनावी मैदानमा

कञ्चनपुर, ८ माघ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएसँगै चुनावी गतिविधि पनि बढ्न थालेका छन् । मनोनयनपछि मुख्य राजनीतिक दलका उम्मेदवारहरू विकास, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता र रोजगारीलाई केन्द्रमा राखेर मतदातामाझ पुग्न थालेका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारले […]

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा

सुर्खेत, ८ माघ । निर्माणाधीन  कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । यही माघ २० गतेभित्रमा चार्जिङ गर्ने तयारीका साथ धमाधम काम भइरहेको छ । आयोजना प्रमुख रवि चौधरीका अनुसार अब ५०० मिटर तार तान्न बाँकी छ । छ वर्षअघि रु ७० करोडमा प्रसारण लाइनको काम प्रारम्भ भएको हो । आयोजनाले  […]

कर्णालीका १२ निर्वाचन क्षेत्रमा १३८ उम्मेदवार ठुला दलले दिएनन् महिलालाई अवसर

ओम शाही सुर्खेत, ८ माघ । आगामी २१ फागुनमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णालीबाट एक सय ३८ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार मंगलबार कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका थिए । कर्णालीमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा […]