जुम्लाबाट एक्ली महिला उम्मेदवार विनीता

गाेल्डेन बुढा जुम्ला,८ माघ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जुम्लाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की विनीता कठायत एक्ली महिला उम्मेदवार बनेकी छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका अनुसार जिल्लाबाट मनोनयन दर्ता गराएका १० उम्मेदवारमध्ये उनी मात्र महिला हुन्। उमेरका हिसाबले पनि विनीता सबैभन्दा कान्छी उम्मेदवार हुन्।जुम्लाको चुनावी इतिहासमा प्रत्यक्षतर्फ निर्वाचन आयोगमा नाम दर्ता […]

सम्पादकीय : योग्य व्यक्ति छान्ने अवसर !

आसन्न २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दलहरुले सौहार्दपूर्ण वातावरणमा उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । मंगलबार निर्वाचन कार्यतालिका अनुसार दलहरुले कर्णालीका १० वटै जिल्लाका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । कर्णालीका १० जिल्लामा १२ निर्वाचन क्षेत्र छन् । यो मनोनयनले चुनावको संशयलाई टारेको छ । राजनीतिक दलको संयमता र […]

राजनीति शास्त्रमा स्नातकोत्तर गरेका ढकालको चार दशक लामो राजनीतिक यात्रा

बाँके ,८ माघ। राजनीति शास्त्रमा स्नातकोत्तर (एमए) अध्ययन पूरा गर्नुभएका नेकपा एमाले बाँके क्षेत्र नम्बर १ का उम्मेदवार सूर्य ढकाल २०४५ सालदेखि निरन्तर राजनीतिमा सक्रिय रहँदै आउनुभएका अनुभवी, वैचारिक र संगठन निर्माणमा निपुण नेता हुनुहुन्छ। उहाँको धारणा अनुसार राजनीति भनेको आवेश र भावनामा गरिने क्रिया होइन, जनताको सेवा गर्ने माध्यम हो, जसले समाजलाई सचेत, संगठित […]

एआइ प्रविधिमा नेपाली छलाङ : ‘मिरागो’ योर भर्चुअल ट्रायल रुम

काठमाडौँ,७ माघ। यो कपडाले मलाई सुहाउँछ कि सुहाउँदैन ? तयार हुने बेलामा हरेक मानिसको दिमागमा यही कुरा खेलिरहन्छ । उसलाई लाग्छ, एकपल्ट आफूलाई कपडामा सजिएको आफ्नै आँखाले हेर्न पाए, के लगाउने भनेर छान्न सजिलो हुने थियो । त्यसैका लागि मानिस ऐनाको सहारा लिन्छन् । लुगा वा कपडा किन्दा ट्रायल रुममा पसेर लगाउनु पर्ने आवश्यकता अझै […]

बाँकेका तीन निर्वाचन क्षेत्रमा ६१ उम्मेदवार मैदानमा, मनोनयन दर्ता उत्साहजनक र शान्तिपूर्ण

बाँके ,७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाँके जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जका अनुसार, बाँके क्षेत्र नम्बर १, २ र ३ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका हुन्। निर्वाचन कार्यालयका अनुसार बाँके क्षेत्र नम्बर […]

जैविक चौतारीबाट संरक्षणका सवाल, चुनौती र अवसरबारे बहस, ६ बुँदे प्रतिबद्धता जारी

 बाँके ,७ माघ। जैविक चौतारीको माध्यमबाट जैविक विविधता संरक्षणका सवाल, चुनौती तथा अवसरबारे छलफल तथा संवाद कार्यक्रम सम्पन्न भएको छ। बास नेपालको आयोजनामा तथा डिभिजन वन कार्यालय नेपालगन्जको सहयोगमा नेपालगन्ज उपमहानगरपालिका–२० राझाँमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रम जैविक चौतारीमार्फत जैविक विविधताका विषयमा सरोकारवाला निकाय र स्थानीय समुदायबीच छलफल गराउने, संरक्षणका चुनौती पहिचान गर्ने तथा […]

आठौँ उपमेयर छात्रा कप: सगरमाथा र लक्ष्मी मावि विजयी

बाँके ,७ माघ। कोहलपुरमा जारी आठौँ उपमेयर छात्रा कप अन्तरमाध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता–२०८२ को चौथो दिन दुई खेल भएका छन् । कोहलपुर नगर खेलकुद विकास समितिको सञ्चालन र व्यवस्थापनमा सञ्चालन भइरहेको प्रतियोगिताको चौथो दिन दुई खेल भएका हुन् । कोहलपुर क्रिकेट मैदानमा पहिलो खेल ज्ञान ज्योति मावि र सगरमाथा स्कुलबीच भएको थियो । टस जितेर […]

हिमा–सिंजामा चुनावी अन्योल

गाेल्डेन बुढा जुम्ला ,७ माघ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जुम्लाको हिमा गाउँपालिकाबाट तीन जनाले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् । एउटै गाउँपालिकाका तीन उम्मेदवार चुनावी मैदानमा उत्रिएपछि स्थानीय मतदाता अन्योलमा परेका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका अनुसार नेपाली कांग्रेसबाट दीपबहादुर शाही, नेकपा माओवादी केन्द्रबाट बिर्खबहादुर शाही र नेपाल […]

खजुरा–जानकी ३३ केभी प्रसारण लाइन परियोजनालाई तीव्रता

बाँके,७ माघ । बाँकेका खजुरा र जानकी गाउँपालिकामा निर्माणाधीन ३३ केभी प्रसारण तथा वितरण लाइन र सबस्टेशन परियोजनालाई तीव्रता दिन सरोकारवाला निकायबीच समन्वय र सहकार्य गर्ने सहमति भएको छ।  परियोजना कार्यान्वयनका क्रममा देखिन सक्ने सम्भावित अवरोध पहिचान गरी समाधान गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरण, एआइआइबी आयोजनाका प्रतिनिधि, स्थानीय तह र निर्माण पक्षबीच छलफल तथा समन्वय […]

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

काठमाडौँ, ७ माघ ।  निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मन्त्री पदबाट राजीनामा दिएर उनीहरू उम्मेदवार बनेका हुन । हालसम्म प्राप्त जानकारीअनुसार अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र […]

एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाई

काठमाडौँ, ७ माघ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फको एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाई गरेको छ । केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १३ हजार मतपत्र छपाइ भएको हो । निर्वाचन आयोगले उपलब्ध […]

हातहतियार बुझाउन कञ्चनपुर प्रशासनको निर्देशन

कञ्चनपुर, ७ माघ ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शान्तिसुरक्षाका लागि व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार बुझाउन सम्बन्ध सबैलाई निर्देशन दिएको छ । प्रशासनले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्लाका विभिन्न व्यक्तिका नाममा इजाजत प्राप्त हातहतियार माघ २० गतेभित्र अनिवार्य रूपमा बुझाउन निर्देशन दिइएको सहायक प्रमुख जिल्ला […]

नेपालगन्ज–गुलरिया हुलाकी राजमार्ग  पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

बाँके, ७ माघ ।  नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा निर्माणाधीन चार लेन पुल अन्तिम चरणमा छ । पुल निर्माण सम्पन्न गर्ने सम्झौता २०८३ वैशाख १८ गतेसम्म भए पनि निर्माणको गति हेर्दा समयावधिभन्दा अगावै पुल निर्माण हुने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका योजना प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए । उनले भने, “खजुरावासीले […]