टीकापुर महोत्सवमा टिकट बिक्रीबाट रु ५० लाख आम्दानी

टीकापुर, १० माघ ।  कैलालीको टीकापुरमा गत पुस २९ गतेदेखि जारी टीकापुर महोत्सवमा टिकट बिक्रीबाट अहिलेसम्म रु ५० लाख आम्दानी भइसकेको छ । पहिलो दिन उद्घाटनमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सवमा अहिलेसम्म एक लाखभन्दा बढीले अवलोकन गरेका आयोजकले जनाएको छ । महोत्सवमा प्रवेश शुल्कबापत लिइने टिकट बिक्रीबाट गत पुस ३० गते रु एक लाख २४ […]

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी 

काठमाडौँ, १० माघ ।  चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा एक सय ६३ उजुरी दर्ता भएका छन् । काउन्सिलका अनुसार आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म १६३ वटा उजुरी दर्ता भएका छन् । दर्ता भएका उजुरीमध्ये पत्रकार आचारसंहिताको प्रक्रियाबमोजिम पत्राचार भएपश्चात् ७७ वटा खण्डन सम्प्रेषण भएका, ५२ वटा पेस भएको जवाफ उजुरीकर्तालाई जानकारी […]

रुग्ण आयोजनाका ठेक्का तोड्न मुख्यमन्त्रीको निर्देशन

सुर्खेत, १० माघ ।  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिने तर समयमा काम नगरेर आयोजना अलपत्र पार्ने  रुग्ण आयोजनाका ठेक्का तोडन भौतिक मन्त्रालयलाई निर्देशन दिएका छन् । भौतिक योजना तथा शहरी विकास मन्त्रालयको अर्ध वार्षिक कार्यक्रममा  मुख्यमन्त्री कँडेलले जतिसुकै  पहुँच र शक्ति भएपनि समयमै काम नगर्ने निर्माण व्यवसायीको  प्रक्रिया मिलाएर ठेक्का तोडन निर्देशन दिएका […]

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा माघ अन्तिम साता बाघ गणनाको तयारी

कञ्चनपुर, १० माघ ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर राष्ट्रिय बाघ गणना सुरु गरेसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणनाको तयारी गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । बाघको गणनाका लागि पाँचवटा राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका क्षेत्रलाई समेत समेटेर तीनवटा ‘कम्प्लेक्स’ बनाइएको छ । […]

कञ्चनपुरमा ‘जलवायुमैत्री कृषि गाउँ’ स्थापना गरिँदै 

कञ्चनपुर, १० माघ ।  कञ्चनपुरमा ‘जलवायुमैत्री कृषि गाउँ  स्थापना गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा सञ्चालित कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र कञ्चनपुरले जलवायुमैत्री कृषि गाउँ स्थापनाका लागि कृषि कार्यमा संलग्न किसान, समूह, फर्म तथा सहकारीसँग प्रस्ताव माग गरेको छ । जलवायु अनुकूलखेती प्रणालीको विकास गर्दै तरकारी र फलफूल खेतीमा आधुनिक, वातावरणमैत्री प्रविधि प्रयोग […]

भरपर्दो सुरक्षा योजनाका साथ प्रहरी परिचालन गर्नुपर्ने

काठमाडौँ, १० माघ ।  प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्न निर्देशन दिएका छन् ।  नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयबाट श्रव्यदृश्यका माध्यमद्वारा आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयमा उहाँले प्रहरी कर्मचारीहरूलाई उक्त निर्देशन दिएका हुन । प्रहरी महानिरीक्षक कार्कीले आ–आफ्नो […]

पहिलो पटक गठवन्धन बिनै  चुनावी प्रतिस्पर्धामा दलहरु: यस्तो थियो कर्णालीमा २०७९को चुनावी अंक गणीत

ओम शाही सुर्खेत, १० माघ ।  आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन अब ४१ दिन बाँकी छ । २३–२४ भदौको जेन–जी आन्दोलनपछि पूर्वप्रधानन्याधीस सुशीला कार्की नेतृत्वको सरकारले आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचको मिति घोषणा गरेर आवश्यक तयारी तीव्र पारिरहेको छ । निर्वाचन कार्यतालिका अनुसार निर्वाचन आयोगले प्रनितिनिधिसभा निर्वाचनमा भाग लिन चाहने दल तथा स्वतन्त्र उम्मेदवारहरुको मनोनयनसमेत […]

आलेखः मानव इतिहास खोजिँदै, भेटिए भाँडाका टुक्रा

दिपक बोहरा चुरे क्षेत्रकोबीचमा पर्ने दाङ तुलसीपुर उपमहानगरपालिका–१३ स्थित ‘तुई’ उपत्यकामा मानव सभ्यताको इतिहास खोज्न थालिएको छ । तीन विदेशी नागरिकले पहिले नै अनुसन्धानसमेत गरिसकेको अवस्थामा विश्वमै चर्चामा रहेको सोही क्षेत्रलाई पर्यटकीय हिसाबले पनि अगाडि बढाउन सकिने भन्दै त्यसको इतिहास खोज्न थालिएको हो । धेरै वर्षअघि मानिसले चुरे क्षेत्र नै बासस्थान रोजेकाले पनि विदेशीहरुले दाङको […]

सम्पादकीय : नारामै सीमित महिला सहभागिता !

आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कर्णालीका प्रमुख राजनीतिक दलहरुले महिलालाई उपेक्षा गरेका छन् । अघिपछि महिला सहभागिताको सवाल निकै जोडतोडका साथ उठाउने कांग्रेस, एमाले, नेकपाले मात्र होइन आफुलाई वैकल्पिक शक्तिका रुपमा चिनाउने नयाँ दलहरुले पनि महिलालाई अपेक्षा गरेका छन् । प्रतिनिधिसभा प्रत्यक्षतर्फको टिकटमा मात्र होइन दलहरुले निर्वाचन लड्ने आकांक्षा भएका महिलाहरुलाई सिफारिसमा समेत विभेद गरेका छन् […]

हर्क साम्पाङको आरोप: ‘रास्वपा भारतको प्रयोजनमा बनेको पार्टी हो’, पुराना दल र नयाँ दल दुवैमाथि प्रश्न

सुर्खेत ,१० माघ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भारतको प्रयोजनमा बनेको पार्टी भएको आरोप लगाएका छन् । शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेश स्तरीय संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । साम्पाङले पुराना राजनीतिक दलहरूबाट देशको निकास सम्भव नरहेको दाबी गर्दै ती दललाई भोट नदिन आग्रह […]

हुम्लामा मितेरी पार्टीका उम्मेदवार शाहीले उम्मेदवारी फिर्ता लिए, एमालेका दल फडेरालाई समर्थन

हुम्ला ,१० माघ। हुम्लामा नेकपा (एमाले) का उम्मेदवार दल फडेरालाई समर्थन गर्दै मितेरी पार्टीकी उम्मेदवार जयबहादुर शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । हुम्ला जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मितेरी पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएका जयबहादुर शाहीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।आफूले उम्मेदवारी फिर्ता लिएर फडेरालाई सहयोग गर्ने शाहीले जानकारी […]

युक्रेन युद्ध अन्त्यका लागि आबुधाबीमा अमेरिका–रुस–युक्रेन त्रिपक्षीय वार्ता, शान्ति योजनामा सहमति खोजिँदै

एजेन्सी ,१० माघ। युक्रेनमाचार वर्षदेखि जारी युद्ध अन्त्यका लागि शुक्रबार त्रिपक्षीय छलफल हुने भएको छ। संयुक्त राज्य अमेरिका, रुस र युक्रेनी उच्च अधिकारीहरुबीच शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधाबीमा छलफल हुने तय भएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। बिहीबार अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र  ज्वाइँ ज्यारेड कुश्नरले मस्कोमा रूसी राष्ट्रपति […]

सल्यानमा अनुभवी र नयाँ पुस्ताबीच कडा प्रतिस्पर्धा: प्रतिनिधिसभा चुनाव रोचक बन्दै

सल्यान ,१० माघ। सल्यानमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुराना राजनीतिक दलका अनुभवी नेता र नयाँ पुस्ताका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने भएको छ । लामो राजनीतिक अनुभव बोकेका नेताहरू र पहिलो पटक संसदीय चुनाव लड्न मैदानमा उत्रिएका नयाँ अनुहारबीचको भिडन्तले यसपटकको चुनावलाई निकै चासोपूर्ण बनाएको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा साविक […]