‘बीमाका समस्या सुल्झाउन सरकार तयार’

 

सुर्खेत : कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बिमा क्षेत्रका समस्या सुल्झाउन प्रदेश सरकार तयार रहेको बताएका छन् । सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थानको सुर्खेत कार्यालयको मंगलबार उद्घाटन गर्दै उनले नीतिगत, कानूनी र व्यवहारिक समस्या सुल्झाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताएका हुन् ।

सङ्घीयताका कारण गाउँ–गाउँसम्म आर्थिक गतिविधि बढेको भन्दै उनले सम्पूर्ण कर्णालीबासीलाई बिमाको पहुँचमा ल्याउन राष्ट्रिय बिमा संस्थानलाई आग्रह गरे । मन्त्री ज्वालाले बिमा क्षेत्रका जटिलतालाई सरलीकृत गर्न आवश्यक रहेको बताए ।

‘समस्या पर्दा लाभ लिन सकिन्छ भनेर बिमा गर्ने हो, तर भुक्तानी प्रक्रिया झन्झटिलो हुने गुनासो सुनिन्छ,’ उनले भने, ‘बिमा संस्थानले बिमा क्षेत्रका समग्र जटिलतालाई सम्बोधन हुने गरी सरकार समक्ष प्रस्ताव गरोस्, प्रदेश सरकार जटिलता सुल्झाउन तयार छ ।’ नागरिकलाई बिमाको महत्व बुझाउन जरुरी रहेको उनको भनाई छ ।
मन्त्री ज्वालाले प्रदेश सरकारले सम्पूर्ण कर्णालीबासीको विपद् सुरक्षा बिमा गरेको जानकारी दिए ।

संस्थानका अध्यक्ष गंगाराम कंडेलले शाखा विस्तारलाई तिव्रता दिँदै हरेक नागरिकको पहुँचमा बिमा क्षेत्रलाई पु¥याउने बताए । बिमाले आर्थिक जोखिमको व्यवस्थापन नभई मानसिक सुरक्षा दिनेसमेत हुँदा संस्थानले नीतिगत अस्पष्टता अन्त्य गर्दै समग्र बिमा कम्पनीलाई सहजीकरण गर्ने बताए । सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले बिमा गर्दा सहज तर भुक्तानी लिँदा असहज हुने प्रक्रिया अन्त्य गर्न संस्थानलाई सुझाव दिए ।

‘बीमाका समस्या सुल्झाउन सरकार तयार’

टोलटोलमा एम्बुलेन्स पु¥याउँछौं : मेयर लालबहादुर महतरा

‘बीमाका समस्या सुल्झाउन सरकार तयार’

घरमै पालेको कुकुरले लिङ्ग खाइदिएपछि

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds