२०८३ बैशाख १४ गते
×

Now Playing

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती  

दाङ, १० वैशाख ।  

बबई गाउँपालिका वडा नं. १ र ५ लाई जोड्न पुरन्धारमा पक्की पुल नहुँदा मलै, जिला, सिमलकुनाका सर्वसाधारणलाई गाउँपालिकाको केन्द्र हापुर पुग्न समस्या भएको छ । बबई नदीमा पुल नहुँदा हिउँदमा अस्थायी पुलबाट आवतजावत गरे पनि वर्षा याममा उनीहरूलाई हापुर पुग्न कठिन हुने गरेको छ ।

विशाल वंशीले भने, “हिउँदमा  अस्थायी पुलबाट हिँड्छौँ वर्षा लागेपछि हापुरसँगको सम्पर्क टुट्छ । वैकल्पिक बाटोबाट पाँच घण्टाभन्दा बढी  हिँड्नुपर्छ, बिरामीलाई अझ सास्ती छ ।”  लुम्बिनी प्रदेश सरकारले पुल बनाउन रु एक करोड ७० लाख बजेट विनियोजन गरेको भनिए पनि हालसम्म प्रस्तावित पुल निर्माणस्थलमा कुनै काम  भएको छैन ।

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती  

काठमाडौँमा वायु प्रदूषण ह्वात्तै बढ्यो, स्वास्थ्य जोखिम

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती  

सम्पादकीय : कर्णालीका लागि अधूरो प्रतिबद्धता

Leave a comment

Your email address will not be published. Required fields are marked *