घुयँत्राे:”धरोटी चाहिँ जनताका लागि, तारेख चाहिँ नेताका लागि !”

देश एमालेकाे सेटिङमा कसरी जकडिएकाेछ रैछभन्ने कुरा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पाैडेललाई शुक्रबार मात्रै विशेष अदालतले विना धराैटि साधारण तारेखमा छाेडेपछि प्रष्टै देख्न पाईयाे । सरकार बालेनकै भएनि न्यायालय र प्रशासनिक क्षेत्रमा एमालेकाे जालाे कसरी जकडिएर बसेकाे रहेछ भन्ने जनता र सरकार दुबैले प्रष्ट देखे । । अख्तियारले २० कराेडकाे विगाे मागेकाे पाैडेललाई बिना धराैटि विशेष अदालतका ३ वटा न्यायाधीशकाे आदेशमा छाेडिएपछि ऐले नागरिक बृतमा अदालतप्रति ठूलाे वितृष्णा फैलिएकाेछ । त्यै देश त्यै कानुन विगतमा रबि लामिछानेलाई लाखौं रुपैयाँ लियर धराैटिमा छाेडने तर तिनै कानुनकाे आधारमा एमाले नेताहरुलाई बिना धराैटि साधारण तारेखमा छाेडने कुराले अदालतमाथि जनताले प्रश्न गर्न थालेका हुन भने अर्काेतिर २०/२० कराेडकाे विगाे मागदावि गरिएकाे मुद्दामा कतै अख्तियारले नै बलिया सबुत प्रमाणहरु नराखेर अदालतले भनेजस्तै सामान्यरुपमा मिसिलकाे पाना भर्ने काम मात्रै अख्तियारले गरेकाे पनि हुन सक्ने आशंका अख्तियार माथि पनि गरिएकाेछ । किनभने अख्तियार प्रमुख भनेका वलिले नियुक्त गरेका मान्छे हुन र उनी एमालेका अत्यन्त निकटका मान्छे भएकाले नै राईलाई भष्टाचारकाे केश लाग्ने र उनी पनि भष्टाचारमा मुछिने देख्दा देख्दै वलिले प्रेमकुमार राईलाई प्रमुख आयुक्त बनाएर अख्तियारमा लगेका हुन । त्यसैले पनि राईलाई हरेक मान्छेले एमालेकै र वलिकै मान्छे भनेर व्याख्या गर्ने गर्दछन । राईले अख्तियारमा यति बलियाे जरा गाडेका छन कि जसलाई चुटाल्न न त मै हुँ भन्ने जेनजीकाे पैलाे सरकार सुशिला कार्किले सकिन नत दाेश्राे सरकार बालेन स्वयं लाग्दा समेत केही गर्न सके । उल्टै गृहमन्त्री र प्रधानमन्त्री समेत पङ्गु बन्नु पर्याे । त्यसैले सानाेतिनाे जाेड बलले हिजाेका भष्टाचारीहरुले त्याे ठाउँ छाेडलान भन्ने जस्ताे कल्पना नगरेनि हुन्छ । सबै ठाउँमा भष्टाचार गरेर भ्याएर अब म कुनै दिन भष्टाचारकाे केशमा पर्न सक्छु भन्ने लागेमा मानिसहरु अख्तियारमा जागिर सरुवा गराउनतिर लाग्छन । सवुत प्रमाण र आधारहरुलाई सजिलै मेटाउन र खडा गर्न सक्ने एकसे एक खर्राँटहरुकाे थलाे अख्तियारमा कस्लाईलफसाउने र कसलाई उकास्ने भन्ने फर्मुला त्यसै पनि हुन्छन भने आजसम्म मन्त्री भएर कमाएकाे पैशा विष्णु पाैडेलले साधारण तारिखमा निस्किन सदुपयोग गर्यानि हुन सक्छ । ” साेझाे आैँलाले त घ्यु पनि आउन्न” भनेर उखान हाल्ने हाम्राे जस्तो भष्टाचारी मुलुकाँ मान्छे उम्किनु र फस्नुमा कुनै अनाैठाे हुँदैन किन भने यसमा भूमिका पैशैले खेल्छ । नैतिकता र ईमानदारीतालाई सडकमा राखेर शेलकाे भाउमा बेच्ने नेपाल जस्ताे मुलुकमा न्याय पर्याे कि परेन भन्ने कुराले खासै अर्थ राख्दैन । न्यान दिने मान्छे नै पक्ष विपक्षहरु कुन दलका हुन भनेर जब उनिहरुकाे दल खाेज्न थालिन्छ अनि त्यस्ताे ठाउँमा न्याय पाईन्छ भन्ने कुरामा कसले विश्वास गर्दछ । यसकारण पनि नत वलि अदालतबाट रिहा हुँदा जनताले आश्चर्य माने नत विष्णु पाैडेल बिना धराैटि थुना मुक्त हुँदा आश्चर्य मानेका छन । बरु आश्चर्य त यश मानेमा लागेकाे छकि हामी अब देश र जनतालाई न्याय दिलाउँछम , भष्टाचारकाे अन्त्य गर्छम् भनेर आएकाे बालेन सरकानै नै पुरानाे जालाेलाई ताेडन नसकेर एमालेकाे प्रशासन र न्यायालयकाे जालाेमा फन्फनि घुमेकाे देख्दा जनता पनि अब बालेन सरकारसित अघाँउँदै गएकाे जस्ताे लाग्न थालेकाेछ ।





