निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा भारतद्वारा बधाई

काठमाडौँ, २३ फागुन । 
भारतले नेपालमा शान्तिपूर्ण रूपमा सफलतापूर्वक आमनिर्वाचन सम्पन्न गरेकामा बधाइ दिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सामाजिक सञ्जालमा आज एक्समा भन्नुभएको छ, “गत वर्षको असामान्य अवस्थाको पृष्ठभूमिमा आयोजित यो चुनाव सफलतापूर्वक सम्पन्न गरेकामा नेपाल सरकार  र नेपालका जनताका साथै सरोकारवालालाई बधाई दिन्छौँ ।”
उनले उत्साहजनक सहभागिताका साथ नेपालमा लोकतान्त्रिक जनादेशको प्रयोग भएको उल्लेख गर्दै भारतले नेपालको नयाँ सरकारसँग मिलेर काम गर्ने तत्पर रहेको पनि बताउनुभएको छ । प्रवक्ता जैसवालले भनेको छ, “आपसी हितका लागि हाम्रा दुई देश र जनताबीचको बलियो सम्बन्धलाई अझ सुदृढ तुल्याउन हामी नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न तत्पर छौँ ।”
निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा भारतद्वारा बधाई

कर्णालीका ३० मतदान केन्द्रका मतपेटिका शनिबारसम्म सदरमुकाम

Leave a comment

Your email address will not be published. Required fields are marked *