कर्णालीका ३० मतदान केन्द्रका मतपेटिका शनिबारसम्म सदरमुकाम ल्याइने

सुर्खेत, २३ फागुन । 
कर्णाली प्रदेशका उच्च हिमाली जिल्ला डोल्पा, हुम्ला र मुगुका ३० मतदान केन्द्रका मतपेटिका भोलीसम्म सदरमुकाममा ल्याइने भएको छ । डोल्पाका ६८ मतदान केन्द्रका २३, हुम्लाका ६४ मतदान केन्द्रमा चार र मुगुका ६९ मतदान केन्द्रमध्ये तीन मतदान केन्द्रका मतपेटिका भोलीसम्ममा सदमुकाम ल्याइने भएको हो ।
यहाँका ९४१ मतदानस्थलमध्ये ९११ मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याउँदै गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रामप्रकाश शाहले जानकारी दिए ।
डोल्पाको डोल्पो बुद्ध, शेफोक्सुण्डो, छार्का ताङसोङ हुम्लाको नाम्खा गाउँपालिकाबाट पहिलो लटमा मतपेटिका र मतदान अधिकृत र दोस्रो लटमा निर्वाचन कर्मचारीलाई नेपाली सेनाको हेलिकप्टरबाट सदरमुकाम ल्याइने प्रवक्ता शाहले बताए । मुगुको मुगुम कार्मारोङ गाउँपालिकाबाट भने पैदल यात्राबाट मतपेटिका सदरमुकाम गमगढी ल्याइने उनको भनाई छ ।
कर्णालीका ३० मतदान केन्द्रका मतपेटिका शनिबारसम्म सदरमुकाम ल्याइने

काठमाडौं–१ मा एमाले र नेकपासहित २६ उम्मेदवारको

कर्णालीका ३० मतदान केन्द्रका मतपेटिका शनिबारसम्म सदरमुकाम ल्याइने

निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा भारतद्वारा बधाई

Leave a comment

Your email address will not be published. Required fields are marked *