लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोडको एमआरआई मेसिन 

बुटवल, २७ कार्तिक । 

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रु १२ करोड खर्चेर १२८ स्लाइसको एमआरआई मेसिन ल्याइएको छ । मेसिन आपूर्तिकर्ता कम्पनीले अस्पतालमा मेसिन जडान पनि थालेको छ ।

आगामी दुई महिनाभित्रमा सेवा सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा इन्द्र ढकालले जानकारी दिए । लुम्बिनी प्रदेश सरकारको लगानीमा जडान जारी रहेको एमआरआई मेसिन सञ्चालनपछि चर्को शुल्क तिरेर निजी अस्पतालमा एमआरआई गराउनुपर्ने बाध्यताबाट सेवाग्राही मुक्त हुने उनले बताए ।

यसैबीच, लुम्बिनी प्रदेशको सुविधासम्पन्न यो अस्पतालमा थप उपकरण जडान तथा सेवा विस्तारमा अस्पताल विकास समितिले प्रयास गरिरहेको समितिका अध्यक्ष अजयमान श्रेष्ठले बताएका छन् । सिटीस्क्यान मेसिन खरिदको पनि प्रारम्भ गरिएको छ । हाल अस्पतालमा सात वर्ष पुरानो १६ स्लाइसको मेसिनबाट सेवा प्रवाह भइरहेको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोडको एमआरआई मेसिन 

आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन सुर्खेतमा

लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोडको एमआरआई मेसिन 

नेपालगञ्ज मेडिकल कलेजमा आमा सुरक्षा कार्यक्रम बन्द

Leave a comment

Your email address will not be published. Required fields are marked *