गाउँपालिकाद्वारा प्याराग्लाइडिङ परीक्षण


जुम्लाको गुठिचौरमा प्याराग्लाइडिङको सम्भावना देखिएको छ । गाउँपालिकाले गाउँपालिका–२ मा पर्ने गुठिचौरमा प्याराग्लाइलिङको परीक्षण गरेको छ । पर्यटन गतिविधिलाई बढाउँदै स्थानीयको आयस्रोत बढाउने उद्देश्य रहे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धुर्वराज गिरीले बताए ।

उनले भने, ‘पर्यटकीयस्थल गुठीचौरलाई पर्यटकीय प्रवर्द्धन गर्न प्याराग्लाइडिङको व्यावसायिक परीक्षण उडान गरिएको हो । यो जुम्ला तेस्रोपटक परिक्षण भएको छ । यो पहिला जुम्लाको तातोपानी र तिला गाउँपालिकामा उडान गरिएको थियो । प्याराग्लाइडिङबाट पर्यटकीय सम्भावना भएकाले यसलाई नियमित गर्न आवश्यक छ । गुठिचौरमा आन्तरिक तथा बाह्य पर्यटक धेरै आउने गरेकाले यो सञ्चालन गरि आम्दानीको स्रोत बलियो हुने देखिन्छ ।’

पोखरामा प्याराग्लाडिङ गर्दै आएका बाबु एडभान्चर ग्रुपका मोहन सुनावार, सानुबाबु सुनुवार, राजकुमार सुनुवार, निर्गम सुनुवार र निर्मल सुनुवारलगायतको प्याराग्लाइडिङ पाइलटको टिमले परीक्षण उडान गरेको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा बताउँछन् । सम्भाव्यता स्थानका लागि परीक्षण उडान सुरू गरिएको हो । ‘परीक्षण उडान सफल भएको छ’, अध्यक्ष बुढाले भने, ‘अब दुईजना प्याराग्लाडिङ पाइलट राखेर गाउँपालिकाले नियमित उडान गर्ने छ ।’

पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले गुरुयोजना बनाई कार्यान्वयन गर्नेछ । स्थानीय गाउँपालिकाले नियमित प्याराग्लाइडिङ उडान गर्न उत्साहित युवालाई यससम्बन्धी विशेष तालिमको व्यवस्था गर्नु पर्ने बताउँछन् ।

सुरक्षित उडानका लागि प्याराग्लाइडिङ उपकरणका सम्पूर्ण जाँच, स्वास्थ्य मापदण्डलगायतका विषयमा प्यारा पाइलट र व्यवसाय सञ्चालकलाई सचेतनाका कार्यक्रम सञ्चालन गरिने गुठीचौर गाउँपालिकाले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे नेपाल आर्थिक रुपमा अगाडि बढ्न पर्यटन क्षेत्र महत्वपूर्ण भएकाले जुम्लामा साहसिक पर्यटन गुठिचौरमा सम्भावना रहेको बताए । उनका अनुसार आफुले पनि ग्लाईडिङ गर्न पाएकोमा खुशी व्यक्त गरे । प्यारा ग्लाईडिङ उडानका लागि वावु स्याङजाबाट जुम्ला आएका एडभान्चर प्रालीका प्रमुख सानुवावु श्रेष्ठले जुम्ला त्यसमा पनि गुठिचौर गाउँपालिका स्विटजरल्याण्डको जस्तो भूगोल भएको बताए ।

यहाँ प्याराग्लाईडिङ सम्भावना देखे, उनले गुठिचौर नेपालकै उत्कृष्ट साहसिक प्याराग्लाईडिङको गन्तब्य हुनेमा जोड दिए । गुठिचौर जुम्लाको हजारौ विघा जमिन भएको स्थान कचौरा आकारको छ । वरपर डाडा र विचमा बृहत चौर भएको त्यस क्षेत्रमा लामो समय देखी गुठिचौर भेडा फारम सञ्चालन भईरहेको छ । कृषि क्षेत्रमा अनुसन्धान गरिरहेको मारी नामको अनुसन्धान केन्द्र यही छ ।

जुम्ला देखी डोल्पा जाने सड्कमा यो क्षेत्रमा मानिसहरु अहिले पनि रमाउन त्यहाँ पुगिरहेका हुन्छन तर यहाँ साहसिक प्याराग्लाईडि गर्ने हो भने पर्यटकहरु बढ्ने सम्भावना देखिन्छ तर यसको आधार तयार गर्न स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार सँगै समन्वय आवश्यक छ ।

गाउँपालिकाद्वारा प्याराग्लाइडिङ परीक्षण

चुहिने छानोमा कष्टकर राउटेको बास

गाउँपालिकाद्वारा प्याराग्लाइडिङ परीक्षण

जुम्ला प्रहरीबाट सुन, चाँदी सहित ठूलो मात्रामा